बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

खाद्य स्वच्छतासम्बन्धी विधेयकमा सुझाव दिन उपसमिति गठन

images
बिहीबार , भदौ २१ २०८०
images
खाद्य स्वच्छतासम्बन्धी विधेयकमा सुझाव दिन उपसमिति गठन
फाइल तस्बिर

सांसद नवलकिशोर साह सुडीको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरिएको हो।

images
images

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले खाद्य स्वच्छतासम्बन्धी विधेयकमाथि छलफल गरी सुझाव दिन नौ सदस्यीय उपसमिति गठन गरेको छ।

images
images
images

समितिको आज सिंहदरबारमा बसेको बैठकले सांसद नवलकिशोर साह सुडीको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको सभापति डा आरजु राणा देउवाले जानकारी दिए।

images
images

उपसमितिको सदस्यमा सांसदहरु वीरबहादुर बलायर, कुसुमदेवी थापा, सूर्यप्रसाद ढकाल, विजुला रायमाझी, मीना तामाङ, अशोककुमार चौधरी, अनिशा नेपाली र योगेन्द्र मण्डल रहेका छन्।

images
images

उपसमितिले विधेयकका विषयमा छलफल गरी समितिलाई सुझाव दिनेछ।

बैठकमा सांसदहरु अमृतलाल राजवंशी, रुपा सो शी चौधरी, विनिता कठायत, सरस्वती सुब्बा, डिल्लीराज पन्तलगायतले खाद्य स्वच्छता मानव स्वास्थ्यसँग जोडिएको विषय भएकाले यसलाई प्राथमिकता दिएर काम गरिनुपर्नेमा जोड दिएका थिए।

विदेशबाट नेपालमा खाद्य सामग्री आयात गर्दा परीक्षण गर्ने यन्त्र नहुँदा रोगव्याध फैलिएर समस्या हुने गरेकाले सीमानाकामा परीक्षणको व्यवस्था गर्न विस्तृत छलफल गरी सरकारलाई निर्देशन दिनुपर्नेमा सांसदहरुले सभापतिको ध्यानाकर्षण गराएका थिए।

सभापति राणाले विधेयक छिटो अघि बढाइ यस्ता विषयमा ठोस काम गर्न कानुनी सुनिश्चितता गर्नकै लागि उपसमिति गठन गरिएको जानकारी गराएकी थिइन्। रासस


प्रकाशित : बिहीबार , भदौ २१ २०८०१०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend