बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

बक्यौता समयमै नबुझाएको भन्दै पशुपति कोषले गर्‍यो वनकाली पार्किङको ठेक्का रद्द

images
बिहीबार , भदौ २१ २०८०
images
बक्यौता समयमै नबुझाएको भन्दै पशुपति कोषले गर्‍यो वनकाली पार्किङको ठेक्का रद्द

कोषले बाँकी रहेको बक्यौता एक महिनाभित्र उठाउने, ठेकेदार कम्पनी तत्व इन्भेष्टमेन्टको बैंक ग्यारेन्टी जफत गर्ने निर्णयसमेत गरेको छ।

images
images

काठमाडौं- पशुपति क्षेत्र विकास कोषले वनकाली पार्किङको ठेक्का रद्द गरेको छ। बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको विकास कोषको बैठकले तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रालिले सम्झौता पालना नगरेको भन्दै उक्त कम्पनीसँगको पार्किङ ठेक्का रद्द गर्ने निर्णय गरेको हो।

images
images
images

सम्झौताअनुसार पशुपति क्षेत्रअन्तर्गत वनकाली ओरालो क्षेत्रमा रहेको पार्किङको मासिक चार लाख ८३ हजार ३३ रूपैयाँ पशुपति क्षेत्र विकास कोषलाई भुक्तानी गर्नुपर्ने थियो। तर कम्पनीले सम्झौताबमोजिम समयमै बक्यौता नबुझाउनुका साथै अन्य थुप्रै नियम उल्लंघन गरेको कोषले जनाएको छ।

images
images

कोषले बाँकी रहेको बक्यौता एक महिनाभित्र उठाउने निर्णय पनि गरेको छ। ठेकेदार कम्पनी तत्व इन्भेष्टमेन्टको बैंक ग्यारेन्टीसमेत जफत गर्ने निर्णय पनि कोषको बिहीबारको बैठकले गरेको छ।

images
images

ठेक्काको सम्झौताको शर्त नं. ६ मा 'बढीमा ३ महिनासम्मको भाडा तिर्न बाँकी राखेमा स्वतः कोषले सम्झौता रद्द गर्न सक्नेछ। तोकिएको समयमा भाडा नबुझाएमा सम्झौता रद्द गरी धरौटी रकमसमेत जफत गरी अन्य व्यवस्थाबाट पार्किङ सञ्चालन गरिनेछ' भन्ने कुरा उल्लेख छ। सोहीबमोजिम ठेक्का रद्द गरिएको हो।

कोषको आर्थिक प्रशासन शाखामा रहेको विवरणअनुसार हालको मितिसम्म उक्त कम्पनीले कोषलाई बुझाउन बाँकी भाडा ३४ लाख ७४ हजार एक सय ११९ देखिएको छ।


प्रकाशित : बिहीबार , भदौ २१ २०८००८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend