बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

चीन भ्रमणको विषयबारे छलफल गर्न संसदीय समितिले बोलायो प्रधानमन्त्री

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २१ २०८०
images
चीन भ्रमणको विषयबारे छलफल गर्न संसदीय समितिले बोलायो प्रधानमन्त्री

सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि तथा व्यापार र विकास सहायता क्षेत्रमा कनेक्टिभिटीलाई मुख्य जोड भ्रमणमा राखिने छ।

images
images

काठमाडौं- प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निकट भविष्यमा हुने तयारी भइरहेको चीन भ्रमणको विषयमा छलफल गर्दैछ।

images
images
images

छलफलका लागि अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री दाहाललाई समितिमा बोलाएको छ। समितिको बैठक बिहान साढे १० बजे बस्ने छ।

images
images

प्रधानमन्त्री प्रचण्ड असोज पहिलो साता चीन भ्रमणमा जाने तयारीमा लागेका छन्। प्रधानमन्त्री दाहालले नाकामा अवरोधबिना सवारी गुड्ने पूर्वाधारदेखि अन्तरदेशीय प्रसारण लाइनसम्मका एजेन्डा तयार पारेका छन्।

images
images

भ्रमणको औपचारिक मिति घोषणा नभए पनि प्रधानमन्त्री दाहाल असोज पहिलो साता जानेगरी आर्थिक र पूर्वाधार निर्माणका विषयमा केन्द्रित भएका छन्। प्रधानमन्त्री दाहालले सबै परियोजना ऋणमा भन्दा अनुदानमा बनाउन केन्द्रित गर्नेसमेत एजेन्डा तय पारेका छन्।

प्रधानमन्त्री दाहालले यसअघि भएका सम्झौता र समझदारीको कार्यान्वयनमा जोड दिइने बताउँदै आएका छन्। नेपाल र चीनबीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउने साथै दुई देशबीच रहेका सीमा नाकाहरूको सञ्चालनलाई प्रभावकारी बनाउने र नयाँ नाकाहरू खोल्ने विषयलाई समेत एजेन्डामा राखिएको छ।

सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि तथा व्यापार र विकास सहायता क्षेत्रमा कनेक्टिभिटीलाई मुख्य जोड भ्रमणमा राखिने छ। कृषि¸ शिक्षा र स्वास्थ्य क्षेत्रका रूपान्तरणकारी परियोजनाहरूमा चीनको सहयोग विस्तारको विषय समेत प्राथमिकतामा रहने उनको भनाइ छ।


प्रकाशित : बिहीबार , भदौ २१ २०८००४:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend