शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

१६ अर्ब कमाउने लक्ष्यसहित उड्डयन प्राधिकरणले ल्यायो ३६ अर्ब ६६ करोडको बजेट

बुधबार, भदौ २० २०८०
१६ अर्ब कमाउने लक्ष्यसहित उड्डयन प्राधिकरणले ल्यायो ३६ अर्ब ६६ करोडको बजेट

चालु आवका लागि पारित भएको बजेट गत आव २०७९/०८० को भन्दा कम हो। प्राधिकरणका अनुसार गत आवको भन्दा ५ अर्ब १९ करोड रूपैयाँ कम गरी चालु आवको बजेट आएको हो।

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणको चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट सञ्चालक समितबाट पारित भएको छ। मंगलबार बसेको सञ्चालक समितिले चालु आर्थिक वर्षको बजेट पारित गरेको प्राधिकरण प्रवक्ता जगनाथ निरौलाले जानकारी दिए।

निरौलाका अनुसार चालु आवका लागि प्राधिरकणले ३६ अर्ब ६६ करोड रूपैयाँको बजेट ल्याएको हो। जसमा चालु खर्चतर्फ ७ अर्ब रहेको छ १९ अर्ब पुँजीगत खर्चतर्फ १९ अर्ब रूपैयाँ रहेको छ। यसैगरी वित्तीय व्यवस्थातर्फ १० अर्ब ६६ करोड रूपैयाँ हुने गरी बजेट पारित भएको उनले जानकारी दिए।

चालु आवका लागि पारित भएको बजेट गत आव २०७९/०८० को भन्दा कम हो। प्राधिकरणका अनुसार गत आवको भन्दा ५ अर्ब १९ करोड रूपैयाँ कम गरी चालु आवको बजेट आएको हो।

प्राधिरकणले बजेटमा नयाँ विशेष कुनै कार्यक्रम नभएको र अघिल्ला वर्षहरुदेखि सञ्चालन भएरहेका कामलाई नै केन्द्रमा राखेर बजेट ल्याएको निरौलाले बताए। मुख्य त बजेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी भुक्तानी गर्ने र देशभर अहिले सञ्चालन भइरहेको आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार तथा स्तरोन्नतिकै कार्यकमहरु समावेश भएको उनको भनाइ छ।

नेपालगञ्ज, विराटनगर, भरतपुर तथा भोजपुर विमानस्थलमा निर्माण  सुरु भएका आधुनिक तथा सुविधा सम्पन्न  टर्मिनल भवनको कामलाई तिव्रता दिने तथा अन्य आन्तरिक विमानस्थललाई पनि विस्तार तथा स्तरोन्नतिलाई केन्द्रमा राखेर बजेट विनियोजन भएको छ।

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार तथा स्तरोन्नतिअन्तर्गत भइरहेको ट्याक्सी वे, एप्रोन तथा ह्याङगर निर्माणलाई निरन्तरता दिने र भरतपुर विमानस्थल विस्तारको काम लागि अगाडि बढाउने गरी बजेट केन्द्रित भएको छ।

संघ सरकारबाट आउने बजेट घटेको र ठूला विमानस्थलको भुक्तानी सकिदा जाँदा बजेट कम भएको प्राधिकरणको भनाइ छ। साथै प्राधिकरणले चालु आवमा १५ अर्ब ८८ करोड आम्दानी गर्ने लक्ष्य समेत लिएको छ। गत आवमा प्राधिकरणले १३ अर्ब ३९ करोड आम्दानी गरेको थियो। 


प्रकाशित : बुधबार, भदौ २० २०८००८:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend