शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

काठमाडौं-लुक्ला उडानलाई ध्यानमा राखेर फाप्लुनजिक जडान गरियो 'इन-रूट वेदर क्यामेरा'

मंगलबार, भदौ १९ २०८०
काठमाडौं-लुक्ला उडानलाई ध्यानमा राखेर फाप्लुनजिक जडान गरियो 'इन-रूट वेदर क्यामेरा'

प्राधिकरणले यसअघि नै जोमसोम-पोखरा क्षेत्रमा पनि यस्तै 'इन-रूट वेदर क्यामेरा' जडान गरिसकेको जनाएको छ। साथै अन्य क्षेत्रमा पनि यस्तै क्यामेरा जडान गर्ने तयारी भइरहेको प्राधिकरणले जानकारी दिएको छ। 

काठमाडौं- नेपाल नागरिक उड्‍डयन प्राधिकरणले सुरक्षित हवाई उडानका लागि 'इन-रूट वेदर क्यामेरा' जडान गरेको छ। जसमार्फत मौसमसम्बन्धी जानकारी उपलब्ध हुने छ। 

राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा प्राधिकरणले मौसमसम्बन्धी गतिविधिको सहि जानकारीका लागि फाप्लुको उत्तरपूर्व 'काठमाडौं-लुक्ला' सेक्टरमा क्यामेरा जडान गरेको हो। यसले सोलुखुम्बु लामाजुरा पासबाट मौसमसम्बन्धी राम्रो जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।

नेपाल नागरिक उड्‍डयन प्राधिकरणले यसअघि नै जोमसोम-पोखरा क्षेत्रमा पनि यस्तै 'इन-रूट वेदर क्यामेरा' जडान गरिसकेको जनाएको छ। साथै अन्य क्षेत्रमा पनि यस्तै क्यामेरा जडान गर्ने तयारी भइरहेको प्राधिकरणले जानकारी दिएको छ।

आविष्कार केन्द्रसँगको सहकार्यमा भएको काममा क्यामेरालगायत सम्पूर्ण सामान तथा जडान खर्च र जडानपश्चात नियमित सञ्चालनको लागि लाग्ने सम्पूण खचसमेत नेपाल नागरिक उड्डयन प्राधिकरणले वहन गर्नेछ। यस्तै मौसमी क्यामेराहरू जडान गर्दा सिम कार्ड प्रयोग गरेर पठाउने डाटालाई आवश्यक पर्ने डाटा प्याकेज नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको छ।

साथै जडान भएका मौसमी क्यामेरामा प्राविधिक गडबडी भइ सेवा सुरु नभएको अवस्थामा सो सेवा पुन: सुरु गर्न आवश्यक पर्ने मर्मत, प्राविधिक सेवालगायतका सम्पूर्ण कार्य राष्ट्रिय आविष्कार केन्द्रले गर्ने छ।

के हो इनरुट मौसम? उडानपूर्व एयरलाइन्स कम्पनीले कसरी पाउँछन् सूचना? के हो इनरुट मौसम? उडानपूर्व एयरलाइन्स कम्पनीले कसरी पाउँछन् सूचना?


प्रकाशित : मंगलबार, भदौ १९ २०८००८:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend