बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

सीपले बनायो आत्मनिर्भर

images
मंगलबार, भदौ १९ २०८०
images
सीपले बनायो आत्मनिर्भर

चालु वर्षको पहिलो सत्रमा पाँच सय ६३ जनाले सीप सिकेका छन्। एक सय ४३ जनाले प्लम्बर, ६५ जनाले विद्युत् जडान, दुई सय ५५ जनाले टेलरिङ र एक सय एक जनाले ग्रिलसम्बन्धी सीप सिकेका छन्।

images
images

बागलुङ- चार महिना पहिलेसम्म जमुना परियार नेपालीको हातमा सीप थिएन। घरमा बालबच्चाका लागि चाहिने खर्च, घरखर्च र आफ्नो लागि आवश्यक खर्चसमेत उनका श्रीमान् एक्ला स्रोत थिए। स-साना कामका लागि श्रीमानसँग पैसा माग्न जमुना अप्ठेरो मान्थिन्। अहिले आफ्ना लागि आवश्यक खर्च जमुना आफै कमाउँछिन्।

images
images
images

बागलुङ बजारको एक टेलरिङ सेन्टरमा काम गरिरहेकी जमुना सीप सिकेपछि आत्मनिर्भर भएकी हुन्। उनको अहिले मासिक कमाइ हुन्छ। आफ्नो, बालबच्चा र घरको खर्च चलाएर जमुना बचत गर्ने भएकी छिन्।

images
images

'आफ्नो कमाई हुँदा र नहुँदा धेरै फरक हुँदोरहेछ, चार महिना खर्चेर सिकेको सीपले मलाई आत्मनिर्भर बनाएको छ', जमुना भन्छिन्, 'मैले अरू धेरै दिदीबहिनीलाई काम सिक्न र थोरै भए पनि कमाउन सकिन्छ भन्ने गरेकी छु।'

images
images

उनले सीपले आम्दानीको जग बसालेको बताइन्। जमुनाले धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डीआईआरडीसी) बाट चारमहिने टेलरिङ तालिम लिएकी हुन्। तालिमपछि उनलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले सीप परीक्षा लिएर प्रमाणपत्र दिएको छ। त्यही प्रमाणपत्रले उनलाई जागिर पाउन सहज भएको छ भने चार महिना सिकेको सीपले काममा सघाएको छ।

जमुनाजस्तै ‘डिआइआरडिसी’बाट तालिम पाउने कैयौँ महिलाहरुको जीवनमा परिवर्तन आएको छ। लामो समयदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌बाट सम्बन्धन लिएर विभिन्न सीपमूलक तालिम चलाइरहेको सो संस्थाले कैयौँ युवाहरुलाई स्वरोजगारसँग जोडेको छ। विसं २०७४ देखि सीप कक्षा सुरु गरेको उक्त संस्थाले वर्षमा दुई पटकमा कक्षाहरु सञ्चालन गर्दै आएको छ।

चालु वर्षको पहिलो सत्रमा पाँच सय ६३ जनाले सीप सिकेका छन्। एक सय ४३ जनाले प्लम्बर, ६५ जनाले विद्युत् जडान, दुई सय ५५ जनाले टेलरिङ र एक सय एक जनाले ग्रिलसम्बन्धी सीप सिकेका छन्।

'सीप सिकेका धेरैले राम्रो गर्नुभएको छ, कैयौँ युवाहरु रोजगारीसँग जोडिनुभएको छ, कैयौँले स्वरोजगारमुलक व्यवसाय थाल्नुभएको छ', सो संस्थाका कार्यक्रम संयोजक शालिग्राम शर्माले भने, 'विदेश जानेहरुलाई तालिमले निकै सहयोग गरेको छ।'

सोमबारदेखि छैटौँ ‘ब्याच’को दोस्रो सत्रका लागि तालिम सुरु भएको छ। तालिममा ७२ युवायुवती सहभागी छन्। रासस


प्रकाशित : मंगलबार, भदौ १९ २०८००८:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend