बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

मौसममा सुधार आएसँगै तीन महिनापछि खुल्यो ताप्लेजुङ-काठमाडौं उडान

images
सोमबार, भदौ १८ २०८०
images
मौसममा सुधार आएसँगै तीन महिनापछि खुल्यो ताप्लेजुङ-काठमाडौं उडान

यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ। काठमाडौं-ताप्लेजुङको भाडा यसअघि नौ हजार छ सय ५३ थियो भने हाल घटाएर आठ हजार छ सय रूपैयाँ कायम गरिएको छ।

images
images

ताप्लेजुङ- नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौं सुकेटार उडान सुरु गरेको छ।  

images
images
images

खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौं सुकेटार उडान हुन सकेको थिएन। मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए।

images
images

लामो समयपछि भएको उडानमार्फत काठमाडौंबाट ६ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडौं गएका छन्। पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उनले बताए।

images
images

करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ। यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ। काठमाडौं-ताप्लेजुङको भाडा यसअघि नौ हजार छ सय ५३ थियो भने हाल घटाएर आठ हजार छ सय रूपैयाँ कायम गरिएको छ। यस्तै ताप्लेजुङ काठमाडौंको भाडा यसअघि नौ हजार चार सय ५३ भएकोमा यसलाई घटाएर आठ हजार चार सय रूपैयाँमा झारिएको छ।

मौसममा क्रमशः सुधार आएको र चाडबाड नजिकिएकाले नियमितरुपमा उडान हुने विमानस्थलको विश्वास छ। यस्तै पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभावसमेत नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ। रासस


प्रकाशित : सोमबार, भदौ १८ २०८००५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend