बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

दानमा प्राप्त जग्गा किनेको भन्ने प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध अख्तियारले हाल्यो मुद्दा

images
आइतबार, भदौ १७ २०८०
images
दानमा प्राप्त जग्गा किनेको भन्ने प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध अख्तियारले हाल्यो मुद्दा

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा नं. २ का तत्कालीन वडाध्यक्ष रमेश कुमार बस्नेत र तत्कालीन लेखापाल जीवन सुवेदीविरुद्ध अख्तियारले मुद्दा हालेको हो।

images
images

काठमाडौं- वडा कार्यालयको भवन निर्माणका लागि दानमा प्राप्त जग्गा खरिद गरेको भन्दै भुक्तानी लिने प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

images
images
images

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा नं. २ का तत्कालीन वडाध्यक्ष रमेश कुमार बस्नेत र तत्कालीन लेखापाल जीवन सुवेदीविरुद्ध अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

images
images

निःशुल्क रुपमा दानपत्रमार्फत प्राप्त भएको जग्गालाई ६ लाख रूपैयाँमा खरिद गरेको वडाध्यक्ष बस्नेतले भुक्तानीका लागि गाउँपालिकामा पेस गरेको र दानको जग्गा भन्ने थाहा हुँदाहुँदै तत्कालीन अधिकृत भण्डारी र लेखापाल सुवेदीले दानपत्रबाट जग्गा रजिष्ट्रेसन पास भएको कागजात देखिँदासमेत जग्गा खरिद गरेको भनी झुटो विवरण उल्लेख गरी भुक्तानी लिइ दिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

images
images

उनीहरुविद्ध ६ लाख रूपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको सजाय मागदाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

 


प्रकाशित : आइतबार, भदौ १७ २०८०११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend