शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

कफीको न्यूनतम सर्मथन मूल्य बढेन, निर्यातभन्दा आयात बढी

मंगलबार, कात्तिक ३० २०७८
कफीको न्यूनतम सर्मथन मूल्य बढेन, निर्यातभन्दा आयात बढी

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंसिर १ गतेबाट लागु हुने कफीको मूल्य बढाएको छैन्। बोर्डले २०७७ मंसिर १ गते लागु गरेको न्यूनमत मूल्य नै कायम राखेर कफीको मूल्य तय गरेको छ।

काठमाडौं- राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंसिर १ गतेबाट लागु हुने कफीको मूल्य बढाएको छैन। बोर्डले २०७७ मंसिर १ गते लागु गरेको न्यूनतम मूल्य नै कायम राखेर कफीको मूल्य तय गरेको छ।

१७ औँ कफी दिवसको सन्दर्भमा बोर्डले कपीको न्यूनतम समर्थन मूल्य तय गरेको हो।  बोर्डले फ्रेस चेरी कपी ग्रेड ए को मूल्य प्रतिकिलो ९० रुपैयाँ र ग्रेड बीको प्रतिकिलो ८० रुपैयाँ  तय गरेको छ।

यसैगी पार्चमेन्ट ग्रेड ए को कफी प्रतिकिलो ५ सय ५० र ग्रेड बीको ३ सय ९७ रुपैयाँ तय भएको छ। साथै ड्राइ चेरी ग्रेड ए कफी प्रतिकिलो १ सय ४८ र ग्रेड बीको प्रतिकिलो ९५ रुपैयाँ तोकिएको छ।

निर्यातभन्दा आयात धेरै

गत आर्थिक वर्ष २०७७/०७८ मा नेपालबाट ९ करोड ६९ लाख रुपैयाँ बराबरको कफी  निर्यात भएको छ भने १० करोड ६७ लाख रुपैयाँ बराबरको कफी आयात भएको छ।

नेपालले गत आर्थिक वर्ष ७२.४८ मेट्रिक टन कफी निर्यात गर्दै गर्दा १ सय ९८.७६ मेट्रिक टन कपी आयात गरेको छ। 


प्रकाशित : मंगलबार, कात्तिक ३० २०७८१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend