बुधबार, जेठ २ गते २०८१    
images
images
images
images

कफीको न्यूनतम सर्मथन मूल्य बढेन, निर्यातभन्दा आयात बढी

images
मंगलबार, कात्तिक ३० २०७८
images
images
कफीको न्यूनतम सर्मथन मूल्य बढेन, निर्यातभन्दा आयात बढी

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंसिर १ गतेबाट लागु हुने कफीको मूल्य बढाएको छैन्। बोर्डले २०७७ मंसिर १ गते लागु गरेको न्यूनमत मूल्य नै कायम राखेर कफीको मूल्य तय गरेको छ।

images
images

काठमाडौं- राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंसिर १ गतेबाट लागु हुने कफीको मूल्य बढाएको छैन। बोर्डले २०७७ मंसिर १ गते लागु गरेको न्यूनतम मूल्य नै कायम राखेर कफीको मूल्य तय गरेको छ।

images
images
images

१७ औँ कफी दिवसको सन्दर्भमा बोर्डले कपीको न्यूनतम समर्थन मूल्य तय गरेको हो।  बोर्डले फ्रेस चेरी कपी ग्रेड ए को मूल्य प्रतिकिलो ९० रुपैयाँ र ग्रेड बीको प्रतिकिलो ८० रुपैयाँ  तय गरेको छ।

images

यसैगी पार्चमेन्ट ग्रेड ए को कफी प्रतिकिलो ५ सय ५० र ग्रेड बीको ३ सय ९७ रुपैयाँ तय भएको छ। साथै ड्राइ चेरी ग्रेड ए कफी प्रतिकिलो १ सय ४८ र ग्रेड बीको प्रतिकिलो ९५ रुपैयाँ तोकिएको छ।

images
images

निर्यातभन्दा आयात धेरै

images
images

गत आर्थिक वर्ष २०७७/०७८ मा नेपालबाट ९ करोड ६९ लाख रुपैयाँ बराबरको कफी  निर्यात भएको छ भने १० करोड ६७ लाख रुपैयाँ बराबरको कफी आयात भएको छ।

नेपालले गत आर्थिक वर्ष ७२.४८ मेट्रिक टन कफी निर्यात गर्दै गर्दा १ सय ९८.७६ मेट्रिक टन कपी आयात गरेको छ। 

images

प्रकाशित : मंगलबार, कात्तिक ३० २०७८१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend