शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

२०२३ को ८ महिनामा भित्रिए ६ लाख ६ हजार ३ सय ६० पर्यटक

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ १५ २०८०
२०२३ को ८ महिनामा भित्रिए ६ लाख ६ हजार ३ सय ६० पर्यटक

काठमाडौं- सन् २०२३ को ८ महिनामा भित्रिए ६ लाख ६ हजार ३ सय ६० विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार वर्षको जनवरीदेखि अगष्ट महिनासम्म ६ लाख ६ हजार ३ सय ६० पर्यटक भित्रिएका छन्। पछिल्लो अगष्ट महिनामा मात्रै ६७ हजार १ सय ५३ पर्यटकले नेपाल भ्रमण गरेका छन्।

अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ४१ हजार तीन सय चार पर्यटक नेपाल भित्रिएका थिए। सन् २०१९ मा ७३ हजार आठ सय १४ पर्यटक नेपाल आएका थिए।

बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेको बताए। उनले सम्भावित स्रोत बजारबाट निरन्तर आगमन बढिरहेकाले सन् २०२३ मा १० लाख पर्यटक पुर्‍याउने लक्ष्यमा पुग्न सहज हुने विश्वास व्यक्त गरे।

पछिल्लो अगष्ट महिनामा पनि सबैभन्दा बढी भारतबाट २६ हजार ६ सय ६५, चीनबाट ५ हजार २७, अमेरिकाबाट ४ हजार ६ सय २९, श्रीलंकाबाट ३ हजार ५ सय ५८ र बंगलादेशबाट ३ हजार १ सय ९० पर्यटक नेपाल भित्रिएका छन्।

यस्तै, बेलायतबाट २ हजार ७ सय ११, स्पेनबाट १ हजार ५ सय ८८, जापानबाट १ हजार ५ सय २०, इटालीबाट १ हजार ४ सय ९६ र अष्ट्रेलियाबाट १ हजार ३ सय ४७ पर्यटकले नेपाल भ्रमण गरेका छन्। रासस


प्रकाशित : शुक्रबार, भदौ १५ २०८०१२:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend