शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सर्वोच्चले खारेज गर्‍यो अल्पकालीन अन्तरिम आदेश, हवाई सेवामा भ्याट लागु हुने

शुक्रबार, भदौ १५ २०८०
सर्वोच्चले खारेज गर्‍यो अल्पकालीन अन्तरिम आदेश, हवाई सेवामा भ्याट लागु हुने

काठमाडौं- सरकारले हवाई सेवामा लगाएको भ्याट कार्यान्वयनमा लैजान पाउने भएको छ।

सर्वोच्च अदालतले साउन १ गतेबाट कार्यान्वनमा आएको भ्याट तत्काल कार्यान्वनमा नलैजान यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेश शुक्रबार खारेज गरिदिएको छ। योसँगै हवाई सेवामा लागु भएको भ्याट कार्यान्वनमा आउने भएको हो।

सरकारको निर्णयविरुद्ध तीन हजारभन्दा बढी ट्राभल तथा टुर अपरेटरहरूको छाता संगठन 'नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स' (नाट्टा) ले  सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रिटउपर साउन १४ गते तत्काल भ्याट कार्यान्वनमा नलैजान अल्पकालीन अन्तरिमा आदेश भएको थियो।

तर भदौ १५ गते सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको संयुक्त इजालसले अन्तरिम आदेश निरन्तरता नहुने आदेश गरेको हो। योसँग अब हवाई सेवामा १३ प्रतिशत भ्याट लागु हुने बाटो खुलेको हो।


प्रकाशित : शुक्रबार, भदौ १५ २०८०११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend