बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

काठमाडौं र ललितपुरमा शनिबार साढे ८ घण्टा विद्युत अवरुद्ध हुने

images
शुक्रबार, भदौ १५ २०८०
images
काठमाडौं र ललितपुरमा शनिबार साढे ८ घण्टा विद्युत अवरुद्ध हुने

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ के.भी. लाइन १३२ के.भी. मा चार्ज गर्नेगरी कार्य भइरहेको छ।

images
images

काठमाडौं- भोलि शनिबार काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा साढे ८ घण्टा विद्युत अवरूद्ध हुने भएको छ।

images
images
images

टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के-थ्री ६६ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकाले के-थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

images
images

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ के.भी. लाइन १३२ के.भी. मा चार्ज गर्नेगरी कार्य भइरहेको छ।

images
images

भोलि के-थ्री सबस्टेसन र त्यससँग सम्बन्धित स्विचिङ स्टेसनहरुबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरूद्ध हुने प्राधिकरणले सूचनामार्फत जानकारी गराएको छ।

प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअघि काम सकिए प्रभावित लाइन सुचारू गरिने जानकारी दिएको छ।

NEA notice.jpg


प्रकाशित : शुक्रबार, भदौ १५ २०८००५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend