बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

बागमतीमा सुन्दरीजलदेखि चोभारसम्म र्‍याफ्टिङ आयोजना गरिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ १४ २०८०
images
बागमतीमा सुन्दरीजलदेखि चोभारसम्म र्‍याफ्टिङ आयोजना गरिँदै

कार्यक्रमले बागमती नदीलाई स्वच्छ, सफा र सुन्दर बनाउने, नदीमा प्रदूषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने, पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा आयोजकको छ।

images
images

काठमाडौं- बागमती नदीलाई स्वच्छ राख्न र बागमती सभ्यताको जगेर्ना गर्ने उद्देश्यले सुन्दरीजलदेखि चोभारसम्म र्‍याफ्टिङ आयोजना गरिने भएको छ।

images
images
images

जिल्ला समन्वय समिति काठमाडौंले यही भदौ १६ गते शनिबार र्‍याफ्टिङ आयोजना गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। कार्यक्रमले बागमती नदीलाई स्वच्छ, सफा र सुन्दर बनाउने, नदीमा प्रदूषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने, पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले बताए।

images
images

काठमाडौं जिल्लाका नदी किनारा आसपासका क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि सम्भावनाको खोजी गर्ने, बागमती सभ्यतालाई उजागर गर्ने उद्देश्यले काठमाडौं महानगर र १० वटै नगरपालिकाको सहयोगमा जिल्ला समन्वय समिति काठमाडौंले र्‍याफ्टिङ कार्यक्रम आयोजना गर्न लागेको हो।

images
images

गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलबाट सुरु हुने र्‍याफ्टिङ कार्यक्रमलाई नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघ र बागमती प्रदेश र्‍याफ्टिङ एन्ड क्यानोइङ संघले प्राविधिक सहयोग गरेका छन्। 

पत्रकार सम्मेलनमा नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नरा)का अध्यक्ष शिव अधिकारीले बागमतीको सभ्यता र संस्कृतिको संरक्षण प्रवर्द्धनका साथै जल पर्यटन प्रवर्द्धनमा र्‍याफ्टिङले भूमिका खेल्ने विश्वास व्यक्त गरे। 


प्रकाशित : बिहीबार , भदौ १४ २०८०१२:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend