बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

वडा कार्यालयको सहयोगमा रायो सागको व्यावसायिक खेती

images
बिहीबार , भदौ १४ २०८०
images
वडा कार्यालयको सहयोगमा रायो सागको व्यावसायिक खेती

सागले लगाएको डेढ महिनामै आम्दानी दिने र बजारको पनि समस्या नभएको किसान बताउँछन्।

images
images

झापा- गौरादह नगरपालिका-१ का ३० किसानले रायो सागको व्यावसायिक खेतीबाट यतिबेला राम्रो आम्दानी गरिरहेका छन्। उनीहरुले टनेलमा उत्पादन गरेको अर्गानिक बेमौसमी रायोको साग स्थानीय बजारमै खपत हुने गरेको छ।

images
images
images

किसानलाई रायो साग खेतीका लागि वडा नंं १ ले साझेदारीमा टनेल निर्माणका लागि गत वर्ष एक लाख १६ हजार रूपैयाँ अनुदानमा उपलब्ध गराएको थियो।  

images
images

स्थानीय शम्भू थापाले डेढ कठ्ठा जमिनमा तीन वटा टनेल निर्माण गरेर रायो सागको व्यावसायिक खेती गरिरहेको बताए। 'थोरै लगानी, कम मेहनतमा धेरै आम्दानी हुन्छ। बजारको पनि समस्या छैन', उनी भन्छन्, 'धान लगायो भने आम्दानी लिन ६ महिना पर्खनुपर्छ। सागले लगाएको डेढ महिनामै आम्दानी दिन सुरु गर्छ।'

images
images

विगत तीन वर्षदेखि उनले गोलभेडा, धनियाँसँगै रायो सागको खेती गर्दै आएका छन्। उनले व्यापारीले बारीबाटै प्रतिमुठा ५० देखि ६० रूपैयाँले लैजाने गरेको बताए। उनले प्रतिटनेल साग बिक्रीबाट १० हजार रूपैयाँ बढी आम्दानी हुने बताए।

वडाध्यक्ष नगेन्द्र भण्डारीले वडा कार्यालयको सहयोगमा ४० किसानले टनेल निर्माण गरेको बताए। उनले ३० जना किसानले रायो साग र १० जनाले तोरीको सागको खेती लगाएको जानकारी दिए। 'यो सागको सिजन होइन', उनले भने, 'धेरैले उत्पादन गरेका छैनन्। त्यही भएर महँगोमा बिक्री हुँदा किसानले राम्रो आम्दानी गरेका छन्।'

वडाध्यक्ष भण्डारीका अनुसार कुमार अधिकारी, राजकुमार राई, टीका अधिकारी, राजन भण्डारीलगायतका ३० जना किसानले वर्षभरि नै अन्य तरकारीसँगै रायो सागको व्यावसायिक खेती गर्दै आएको जानकारी दिए।

यहाँका किसानले रायो सागको खेती बाह्रैमास गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेको उनको भनाइ छ। जिल्लामा रायो सागको बेमौसमी खेती बुद्धशान्ति गाउँपालिका, विर्तामोड नगरपालिका, मेचीनगर नगरपालिकाको बाहुनडाँगीलगायतका क्षेत्रका कृषि ज्ञान केन्द्रको सहयोगमा किसानले विगत वर्षदेखि नै गर्दै आएका छन्। रासस


प्रकाशित : बिहीबार , भदौ १४ २०८०१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend