बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

‘तरल नाइट्रोजन प्लान्ट’ निर्माण गर्दै कर्णाली सरकार, साढे दुई करोड विनियोजन

images
बिहीबार , भदौ १४ २०८०
images
‘तरल नाइट्रोजन प्लान्ट’ निर्माण गर्दै कर्णाली सरकार, साढे दुई करोड विनियोजन

नाइट्रोजन प्लान्ट निर्माणका लागि कर्णाली प्रदेश सरकारले दुई करोड ५० लाख रूपैयाँ बजेट छुट्याएको छ।

images
images

कर्णाली- कर्णाली प्रदेश सरकारले तरल नाइट्रोजन प्लान्ट निर्माण गर्ने भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आव २०८०/८१ को स्वीकृत कार्यक्रमअन्तर्गत प्लान्ट निर्माण प्रक्रिया अगाडि बढेको हो।

images
images
images

यसका लागि प्रदेश सरकारले दुई करोड ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले जानकारी दिए।

images
images

'प्लान्ट निर्माणका लागि हामीले बुधबार सुदूरपश्चिम प्रदेश सरकारले गेटा कैलालीमा स्थापना गरेको तरल नाइट्रोजन प्लान्ट अध्ययन अवलोकन गरेका छौँ,' उनले भने, 'अब हामी भारतमा गएर पनि त्यसको अध्ययन गर्छौँ र त्यसलगत्तै कर्णालीमा प्लान्ट स्थापना तथा सञ्चालनको कार्यलाई तदरुकता दिन्छौंँ।'

images
images

सहकारीमन्त्री शर्मासहित कृषि मन्त्रालयबाट गएको टोलीले सुदूरपश्चिम प्रदेश सरकारका कृषिमन्त्री कैलाश चौधरीसँग तरल नाइट्रोजन प्लान्ट स्थापनाका बारेमा समन्वय सहकार्यका लागि सिकाइ तथा व्यवहारिक अभ्यासबारे छलफल गरेको थियो। रासस


प्रकाशित : बिहीबार , भदौ १४ २०८००८:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend