बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

आज र भोलि काठमाडौंका यी सडकमा सवारीसाधन प्रवेशमा रोक

images
बिहीबार , भदौ १४ २०८०
images
आज र भोलि काठमाडौंका यी सडकमा सवारीसाधन प्रवेशमा रोक

काठमाडौं उपत्यकामा आज र भोलि हुने विभिन्न पर्व तथा जात्रालाई मध्यनजर गरी काठमाडौं महानगरले जात्रा हुने विभिन्न मार्गमा सवारीसाधन प्रवेशवमा रोक लगाएको हो।

images
images

काठमाडौं- काठमाडौं महानगरभित्र आज र भाेलि विभिन्न सडकमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ। 

images
images
images

काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्वको गँपुन्हि (क्वाति पुन्हि र सापारु (गाईजात्रा) २०८० भदौ १४ गते, बिहीबार र १५ गते, शुक्रबार ( नेपाल सम्बत् ११४३ गुँलाथ्व पुन्ही व गुँलागा दुतिया) का दिन भएकाले उक्त दिन जात्रा हुने भएकाले महानगरपालिकाले ती सडक मार्गमा सवारी साधन प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।

images
images

गाइजात्रा हुने मार्ग असन, केलटोल, ईन्द्रचोक मखन, हनुमाढोका दरबार परिसर, मरू टोल -चिकँमुगल, जैशिदेवल, ज्याबहाल लगन चोक, गोफल ब्रम्हटोल, बन्डे, ह्युमत जैशिदेवल, कोहिटि, भिमसेनस्थान, मरू टोल, प्याफल, ढोकाटोल, मुकुमबहीमा सवारी साधन प्रवेश निषेध गरिएको छ। 

images
images

यस्तै यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, बांगेमुढा, न्हैकन्तला, असन, कमलाछि र भोताहिटि हुँदै असन जाने मार्गमा पनि आज र भोलि दुई दिन सवारीसाधन प्रवेश निषेध गरिएको कामपाले जनाएको छ। 


प्रकाशित : बिहीबार , भदौ १४ २०८००६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend