बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

जुटको उत्पादन बढ्यो, मूल्यमा भने गिरावट

images
बिहीबार , भदौ १४ २०८०
images
जुटको उत्पादन बढ्यो, मूल्यमा भने गिरावट

कोशी प्रदेशमा ६ हजार नौ सय नौ सय ६२ हेक्टर जमिनमा जुटखेती गरिन्छ। गत वर्ष सो जमिनमा नौ हजार नौ सय नौ सय १५ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको थियो।

images
images

मोरङ- पूर्वी तराई क्षेत्रमा पछिल्लो समय जुटको उत्पादन बढ्दै गएको छ। उत्पादन बढे पनि जुटको मूल्यमा भने गिरावट आएको छ।

images
images
images

आर्थिक वर्ष २०७८/७९ मा मोरङमा सात हजार तीन सय ५१ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको थियो। आव २०७९/७० मा  सात हजार चार सय नौ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको थियो। विगत वर्षमा भन्दा यस वर्ष उत्पादन बढेको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताए।

images
images

मोरङमा विगतका वर्षमा प्रतिहेक्टर एक दशमलव ४५ मेट्रिक टन जुट उत्पादन भएको तथ्यांक छ। यस वर्ष उत्पादन बढेर प्रतिहेक्टर एक दशमलव ५० मेट्रिक टन पुग्ने प्रमुख सिंह बताउँछन्। आव २०७८/७९ मा जुटको मूल्य प्रतिक्विन्टल ११ हजार रूपैयाँ थियो। गत आवमा जुटको मूल्य प्रतिक्विन्टल नौ हजार रूपैयाँ थियो भने यस वर्ष घटेर जुटको मूल्य प्रतिक्विन्टल आठ हजार तीन सय रूपैयाँ पुगेको ज्ञान केन्द्रले जनाएको छ।

images
images

कोशी प्रदेशमा ६ हजार नौ सय नौ सय ६२ हेक्टर जमिनमा जुटखेती गरिन्छ। गत वर्ष सो जमिनमा नौ हजार नौ सय नौ सय १५ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको प्रमुख सिंहले बताए। प्रदेशभित्र अन्य जिल्लाको तुलनामा झापा, मोरङ र सुनसरीमा जुटको खेती बढी गर्ने गरिएको छ। ज्ञान केन्द्रका अनुसार मोरङका १७ पालिकामध्ये धनपाल, जहदा, ग्रामथान, कानेपोखरी गाउँपालिका र सुनवर्षी, रतुवामाई र रंगेली नगरपालिकामा जुट खेती गर्ने गरिएको छ।

जुट खेतीको मुख्य समस्या खाडल रहेकोले गत वर्ष मोरङका ३० किसान परिवारलाई जुट प्रवर्द्धन कार्यक्रमअन्तर्गत २० हजार रूपैयाँका दरले खाडल खन्न सहयोग गरिएको कार्यालयले जनाएको छ। मोरङमा पाँच हजार ७० हेक्टर जमिनमा जुटको खेती गरिन्छ। झापामा पाँच सय ५० हेक्टर र सुनसरीमा एक हजार तीन सय ३२ हेक्टर जमिनमा खेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ। नेपालमा उत्तपादित जुट सबै स्वदेशमै खपत हुन्छ।

नेपालमा भारत र बंगलादेशबाट जुट आयात हुने गरेको छ। नेपालमा उत्पादन हुने जुटलाई तीन वर्गमा विभाजन गरिएको छ। रातो खैरो रङको जुटलाई एक नम्बर, सेतो रङको जुटलाई दुई नम्बर र कालो रङको जुटलाई तीन नम्बरमा विभाजन गरिएको छ। रासस


प्रकाशित : बिहीबार , भदौ १४ २०८००४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend