बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

बाँके राष्ट्रिय निकुञ्जभित्र २० वटा काठका पुल निर्माण

images
बुधबार, भदौ १३ २०८०
images
बाँके राष्ट्रिय निकुञ्जभित्र २० वटा काठका पुल निर्माण

निकुञ्जको चारै दिशामा काठका पुल बनाइएका छन्। आवश्यकता हेरि पुल थप गर्न सकिने निकुञ्ज संरक्षण अधिकृत श्याम शाहले बताए।

images
images

बाँके- निकुञ्ज सफारीलाई सहज बनाउने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जभित्र काठका पुल बनाइएका छन्।

images
images
images

निकुञ्जभित्र रहेका स-साना खोलानालामा आवातजावत सहज बनाउने उद्देश्यले २० वटा काठका पुल निर्माण गरिएको निकुञ्ज संरक्षण अधिकृत श्याम शाहले बताए। 'निकुञ्जभित्र स-साना खोलानाला छन्। वर्षामा खोला तार्न गस्ती सम्भव छैन', उनले भने, 'गस्तीका साथै अवलोकनमा आउनेलाई सहजताका लागि र निकुञ्जभित्र आगलागी वा केही विपद् भए तत्काल उद्धारका लागि २० वटा काठका पुल निर्माण गरिएका छन्।'

images
images

संरक्षण अधिकृत शाहले उक्त पुल निर्माणका लागि निकुञ्जभित्रकै ढलका, पुराना काठ प्रयोग गरिएको बताए। सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा स्थापित बाँके राष्ट्रिय निकुञ्ज देशकै कान्छो निकुञ्ज हो। निकुञ्जमा ‘फायर लाइन’ बनाउने क्रममा खोला तथा खहरेमा काठका पुल निर्माण गरिएको संरक्षण उनले जानकारी दिए।

images
images

शाहका अनुसार निकुञ्जको चारै दिशामा काठका पुल बनाइएका छन्। आवश्यकता हेरि पुल थप गर्न सकिने उनको भनाइ थियो। 'निकुञ्जभित्र बनाइएका उक्त पुल तर्दै नियमित गस्ती गर्नुका साथै विभिन्न सवारीसाधन प्रयोग गरी निकुञ्ज सफारी गर्ने गरिएको छ', उनले भने। रासस


प्रकाशित : बुधबार, भदौ १३ २०८०१२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend