बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

बारामा एक वर्षमा नौ सय साना उद्योग दर्ता, दुई सय ५९ खारेज

images
बुधबार, भदौ १३ २०८०
images
बारामा एक वर्षमा नौ सय साना उद्योग दर्ता, दुई सय ५९ खारेज

हालसम्म दर्ता रहेका 8६६ वटा र नवीकरण भएका एक हजार ५८ वटा उद्योगसहित कुल एक हजार नौ सय ३४ वटा उद्योग सञ्चालनमा छन्।

images
images

कलैया- घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक वर्ष २०७९/८० मा आठ सय ९९ घरेलु तथा साना उद्योग दर्ता गरेको छ यसैगरी दुई सय ५९ वटा साना उद्योग खारेज गरेको छ।  

images
images
images

आठ सय ९९घरेलु तथा साना उद्योग दर्ता र आठ सय छ वटा उद्योग नवीकरण गर्दा कुल एक करोड ३४ लाख ३५ हजार सात सय ३० रूपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले बताए।

images
images

गत आर्थिक वर्ष  साना घरेलु उद्योग ९८, वाणिज्यतर्फ (पसल) एक सय ६१ समेत गरी दुई सय ५९ वटा साना उद्योग खारेज गरिएको थियो  चालु आर्थिक वर्ष दर्ता गरिएका उद्योगमा उत्पादनमूलक एक सय ३८ कृषि तथा वाणिज्य चार सय ७१, सेवामूलक दुई सय ८२, पर्यटन ४२, अन्य चारसमेत गरी जम्मा आठ सय ९९ उद्योग दर्ता भएका छन्। ती उद्योगमा चार हजार चार सय ४४ जनाले रोजगार पाएको बताइएको छ।

images
images

हालसम्म दर्ता रहेका आठ सय ६६ वटा र नवीकरण भएका एक हजार ५८ वटा उद्योगसहित कुल एक हजार नौ सय ३४ वटा उद्योग सञ्चालनमा रहेको छ। आव २०७८/७९ मा महिला ८ सय १० र पुरुष नौ सय ५६ उद्यमी रहेको उद्योगमा महिला तीन हजार एक सय ६८ पुरुष सात हजार नौ सय ४६ समेत गरी ११ हजार एक सय १४ जनाले रोजगार पाएका थिए।

उक्त कार्यालयले गत आबमा ब्यूटिपार्लर, सिलाइकटाई, हाउस वायरिङ, कम्प्युटर, गलैँचा, हाते कटाइबुनाई, अगरबत्ती, बाँसको मुढा बनाउनेजस्ता सीपमूलक तालिम सञ्चालन गरेको थियो। रासस


प्रकाशित : बुधबार, भदौ १३ २०८०११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend