बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

सुन तस्करी प्रकरण : विमानस्थल भन्सार कार्यालयका १३७ कर्मचारीले मागे सामूहिक सरुवा

images
बुधबार, भदौ १३ २०८०
images
सुन तस्करी प्रकरण : विमानस्थल भन्सार कार्यालयका १३७ कर्मचारीले मागे सामूहिक सरुवा
images
images

काठमाडौं‍- ६० किलो सुन तस्करी प्रकरणपश्चात् बिनाकारण दुःख दिने काम भएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका १ सय ३७ कर्मचारीले सामूहिक सरुवा मागेका छन्।

images
images
images

भन्सार विभागका महानिर्देशकलाई मंगलबार पत्र पठाउँदै २८ जना भन्सार अधिकृतसहित १ सय ३७ कर्मचारीले एकसाथ सरुवा मागेका हुन्। ६० किलो सुन भन्सार छली जाँचपास भएको घटनापछि विभिन्न निकायबाट गरिएका छानबिन र अनुसन्धानका बहानामा बिनाकारण दु:ख दिने, मानसिक तनाव दिने काम भएको कर्मचारीको गुनासो छ। 

images
images

‘सो घटनामा दोषी जो कोहीलाई कानून बमोजिम कारबाही गरियोस् भन्ने कुरामा हाम्रो दुई मत रहेन तर कर्तव्य पालनाको सिलसिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यक रुपमा धरपकड गर्ने, प्रमाणबिना थुन्ने, पक्राउ गरी दुःख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भइ तोकिएको कार्य जिम्मेवारी पूरा गर्न हामी कर्मचारीहरुमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ’, कर्मचारीले सरुवाका लागि दिएको निवेदनमा उल्लेख गरेका छन्।

images
images

स्कुटरको ‘ब्रेक शु’को नाममा हङकङबाट अवैध रुपमा लुकाएर ल्याइएको उक्त परिमाणको सुन विमानस्थल भन्सार कार्यालय अगाडि सिनामंगलबाट गएको साउन २ गते राजस्व अनुसन्धान विभागले बरामद भएको थियो। 

यस प्रकरणको अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।


प्रकाशित : बुधबार, भदौ १३ २०८००७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend