बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

माछापुच्छ्रे बैंकको लाभांश घोषणा

images
बुधबार, भदौ १३ २०८०
images
माछापुच्छ्रे बैंकको लाभांश घोषणा

बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।

images
images

काठमाडौं- माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ। आज बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई नगद र बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

images
images
images

सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १४ प्रतिशत (१३ दशमलव ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत) बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।

images
images

उक्त बैंकको प्रस्तावअनुसार नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

images
images

गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने पहिलो बैंक माछापुच्छ्रे बनेको छ। बैंकले प्राथमिक पुँजीकोष पुर्‍याउन नसक्दा आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट गत आर्थिक वर्षमा सेयरधनीलाई लाभांश वितरण गर्न पाएको थिएन। दुई आर्थिक वर्षको मुनाफाबाट बैंकले यसपटक १४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। रासस


प्रकाशित : बुधबार, भदौ १३ २०८००६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend