बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना हुने, कार्यालय बनाउन छुट्याइयो २ करोड ३८ लाख

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ १३ २०८०
images
चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना हुने, कार्यालय बनाउन छुट्याइयो २ करोड ३८ लाख

इलाममा धेरै किसान चियामा आत्मनिर्भर छन्। उत्तिकै सङ्ख्यामा अलैँची किसानसमेत भएको जिल्लामा केन्द्र स्थापना हुने भएको हो। पछिल्लो समय चिया किसान बढे पनि अलैँची खेती गर्ने किसान कम हुँदै गएका छन्।

images
images

इलाम- चिया र अलैँचीको राजधानीको रूपमा परिचित इलाममा यसको अनुसन्धान केन्द्र स्थापना हुने भएको छ। चिया र अलैँची अध्ययन र थप विकासका लागि चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना हुने भएको हो। 

images
images
images

इलाम नगरपालिका-१ साँखेजुङमा अनुसन्धान केन्द्र स्थापना हुनेछ। राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धान केन्द्र स्थापना हुने भएको हो। चिया र अलैँची बढी उत्पादन हुने क्षेत्रमा अनुसन्धानका लागि केन्द्र स्थापना गर्ने भएपछि जिल्लाबासीसमेत खुसी भएका छन्। जग्गा प्राप्तिसँगै कार्यालय स्थापनाको काम सुरु गर्न लागिएको छ। 

images
images

यसका लागि कार्यालयको भवन निर्माणका लागि चालु आर्थिक वर्षका लागि २ करोड ३८ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको इलाम नगरपालिकाका प्रवक्ता नूतनदेव दुलालले जानकारी दिए। उनका अनुसार जग्गा प्राप्तसमेत भइसकेको छ। अब भौतिक निर्माणका कार्यसम्पन्न भएसँगै यहाँबाट काम सुरु हुने बताइएको छ।    

images
images

अनुसन्धान केन्द्रका लागि इलाम नगरपालिका-१ स्थित साँखेजुङमा ४२ रोपनी जग्गा व्यवस्थापन गरिएको छ। 

कार्यालयको भवन निर्माणका लागि जग्गा सम्याउने काम भइसकेको जनाइएको छ। विनियोजित रकमबाट जग्गामा कम्पाउण्डका लागि तारबार र कार्यालय भवन निर्माण गरिने छ। अनुसन्धान केन्द्रका लागि अब थप ५२ रोपनी जग्गा आवश्यक्ता परेको छ। जग्गादाताले अनुसन्धान केन्द्रका लागि सो जमिनसमेत उपलब्ध गराउने कार्य भइरहेको छ। आउने कात्तिक महिनासम्मको थप जग्गासमेत केन्द्रको नाममा आइसक्ने बताइएको छ। त्यसका लागि इलाम नगरपालिका-१ ले पहल गरिरहेको वडाध्यक्ष गायत्रीराम बस्नेतले जानकारी दिए। 

इलाममा धेरै किसान चियामा आत्मनिर्भर छन्। उत्तिकै सङ्ख्यामा अलैँची किसानसमेत भएको जिल्लामा केन्द्र स्थापना हुने भएको हो। पछिल्लो समय चिया किसान बढे पनि अलैँची खेती गर्ने किसान कम हुँदै गएका छन्। महँगो मूल्यमा अलैँची बिक्री भए पनि अलैँची मासिने क्रम नरोकिएकाले यसको खेती गर्ने किसानको सङ्ख्यामा कमी हुँदै गएको हो। अलैँचीको अनुसन्धानसमेत यहीँ गरिने भएपछि अब यससँग सम्बन्धित किसानको सङ्ख्या हुने र अलैँची उत्पादनसमेत वृद्धि हुने अपेक्षा किसानले लिएका छन्। 

यहाँ स्थापना गरिन लागिएको यो केन्द्रले चिया र अलैँची दुवै क्षेत्रमा अनुसन्धान गर्ने जनाइएको छ। सूर्योदय नगरपालिकास्थित पान्दाममा रहेको अलैँची विकास केन्द्रले अलैँची विस्तारको काम गरिरहेको छ तर यो स्थापना हुन लागेको अनुसन्धान केन्द्रले अनुसन्धानको काम गर्ने छ। विसं १९२० मा चिया रोप्न सुरु गरिएको इलाममा भर्खरै मात्र सरकारले अनुसन्धान केन्द्र स्थापना गर्न लागेको हो। करिब एक सय ६० वर्षपछि भए पनि यो केन्द्र स्थापना हुने भएपछि यहाँका किसानमा नयाँ उत्साह थपिएको छ। 

चिया किसान किशोर खतिवडाले केन्द्र स्थापनापछि बीचबीचमा चियामा लाग्ने स-साना रोगको पहिचान हुने र उत्पादन बढाउन किसानलाई सहज हुने बताए। उनले चिया प्राविधिकसमेत गाउँमा नै उत्पादन गर्न सो केन्द्रले मद्दत गरेमा किसानलाई थप राहत मिल्ने बताए। 

यहाँ सामान्य चियामा उत्पादन नहुने, उत्पादन भएको चिया परम्परागत शैलीमा नै टिप्ने र प्रशोधन हुँदै आएको छ तर स्थापना गर्न लागिएको केन्द्रले चिया र अलैँचीमा नयाँ आयाम स्थापना गर्न मद्दत पुग्ने किसानको भनाइ छ। 

अलैँची र चियामा लागि उत्पादनका हिसाबले इलाम महत्त्वपूर्ण  र उर्वर भूमि मानिन्छ। इलाममा अनुसन्धान केन्द्र स्थापना पनि नेपाली चिया र अलैँचीको अनुसन्धान गर्न चाहनेका लागि सहज हुनेछ। स्वदेश र विदेशमा रहेका चिया अध्ययन, अवलोकन र अनुसन्धान गर्नेसमेत आउने हुँदा जिल्लामा पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने अपेक्षा लिइएको छ। यसले समग्र जिल्लाको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ। 

इलाममा उत्पादित चिया १० प्रतिशत नेपालमा, ७० प्रतिशत भारत र थप २० प्रतिशत तेस्रो मुलुक निर्यात हुने गरेको तथ्यांकमा उल्लेख छ। साथै अलैँची भारतको बाटो भएर अन्य मुलुकमा समेत जाने गरेको छ। रासस


प्रकाशित : बुधबार, भदौ १३ २०८००५:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend