शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एमाले नेता बोकेको बुद्ध एयरको जहाज जनकपुरमा अवतरण नगरी किन फर्कियो काठमाडौं?

बुधबार, भदौ १३ २०८०
एमाले नेता बोकेको बुद्ध एयरको जहाज जनकपुरमा अवतरण नगरी किन फर्कियो काठमाडौं?

अवतरण हुनुभन्दा केही समय अगाडि विमानमा प्राविधिक खराबी आएपछि जहाज काठमाडौं फर्काइएको एयरले सूचनामार्फत जानकारी गराएको छ।

काठमाडौं- जनकपुरका लागि उडानमा रहेको बुद्ध एयरको फ्लाइट नम्बर ५०१ कलसाइन नाइन एन एजेओमा प्राविधिक समस्या देखिएपछि पुन: काठमाडौं नै फर्काइएको छ। उक्त जहाजमा नेकपा एमालेका नेताहरु सवार थिए।

जहाज काठमाडौंमा अवतरण गराइ पुन: अर्को जहाजमा नेताहरु लिएर बुद्ध एयरको जहाज जनकपुर उडान गरिरहेको छ। 

सिरहा सचिवालय बैठकका लागि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरासहितका नेता बुद्ध एयरमार्फत् जनकपुर जाँदै थिए। अवतरण हुनुभन्दा केही समय अगाडि विमानमा प्राविधिक खराबी आएपछि जहाज काठमाडौं फर्काइएको एयरले सूचनामार्फत जानकारी गराएको छ।

बुद्ध एयरका अनुसार जहाजमा एमालेका नेताहरूका अतिरिक्त ६८ जना यात्रु थिए। उनीहरूलाई अर्को जहाजबाट जनकपुर पठाइएको बुद्ध एअरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए।

एमालेले चौथो महाधिवेशन सुरु भएकै दिन अर्थात् भदौ ९ गते नै बैठकको तयारी गरेको थियो। चुरे नजिकैको त्यस क्षेत्र डुबानको चपेटमा परेकाले बैठक स्थगित गरेको थियो।


प्रकाशित : बुधबार, भदौ १३ २०८००४:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend