बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

व्यावसायिक स्थायी लेखा नम्बर दर्ता घट्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ १२ २०८०
images
व्यावसायिक स्थायी लेखा नम्बर दर्ता घट्यो

गएको वर्षको अन्त्यसँगै कूल ३६ लाख ६३ हजार ७८७ व्यक्तिगत प्यान नम्बर वितरण भएको छ। 

images
images

काठमाडौं-  आर्थिक वर्ष २०७९/८० मा ६ लाख १३ हजार ४८३ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन्। 

images
images
images

आन्तरिक राजस्व विभागका अनुसार एक वर्षमा व्यक्तिगत प्यान नम्बर लिनेको संख्या अघिल्लो वर्षको तुलनामा बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा यस्तो नम्बर दर्ता ५ लाख ९६ हजार ३७२ रहेको थियो। 

images
images

गएको वर्षको अन्त्यसँगै कूल ३६ लाख ६३ हजार ७८७ व्यक्तिगत प्यान नम्बर वितरण भएको छ। 

images
images

व्यक्तिगत प्यान नम्बर दर्ता अघिल्लो वर्षको तुलनामा गत वर्ष बढेपनि व्यावसायिक प्यान नम्बर दर्ता भने घटेको छ। विभागका अनुसार गएको वर्ष १ लाख ४२ हजार ६९९ व्यावसायिक प्यान दर्ता भएका छन्। अघिल्लो वर्ष २ लाख ११ हजार ८६६ नम्बर दर्ता भएका थिए। 

त्यस्तै भ्याटमा दर्ता हुनेको संख्या पनि गत वर्ष घटेको छ। अघिल्लो वर्ष ३१ हजार दर्ता भएकोमा गएको वर्ष २४ हजार भ्याटमा आएका छन्। योसँगै भ्याटमा दर्ता हुनेको स्ख्या ३ लाख नाघेको छ। 

 


प्रकाशित : मंगलबार, भदौ १२ २०८००७:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend