शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भदौ १२ देखि गौतमबुद्ध विमानस्थलबाट काठमाडौं ट्रान्जिट हुँदै हङकङ र दिल्ली उडान, निगमले खुलायो बुकिङ

आइतबार, भदौ १० २०८०
भदौ १२ देखि गौतमबुद्ध विमानस्थलबाट काठमाडौं ट्रान्जिट हुँदै हङकङ र दिल्ली उडान, निगमले खुलायो बुकिङ

निगमले भदौ १२ गतेदेखि उक्त रुटको उडान सुरु गर्न लागेको हो। उडानका लागि निगमले टिकट बुकिङ खुला गरेको छ।

काठमाडौं- नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा उडान गर्ने भएको छ।

निगमले भदौ १२ गतेदेखि उक्त रुटको उडान सुरु गर्न लागेको हो। उडानका लागि निगमले टिकट बुकिङ खुला गरेको छ।

निगमका अनुसार हाल भैरहवाबाट साताको एक दिन हरेक मंगलबार उडान हुनेछ। बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको संख्या बढाउँदै लैजाने निगमले जनाएको छ।

उडान तालिकाअनुसार बिहान ८:१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ। तत्पश्चात् ट्रान्जिट भइ हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन्।

यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्य सम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लैजाने व्यवस्था मिलाइएको निगमले जनाएको छ।


प्रकाशित : आइतबार, भदौ १० २०८०११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend