शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

उपत्यकामा १५ दिनमा र बाहिरका आयोजनासँग प्रत्येक महिना प्रगति विवरण मागेका छौँ : मन्त्री यादव

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २९ २०७८
उपत्यकामा १५ दिनमा र बाहिरका आयोजनासँग प्रत्येक महिना प्रगति विवरण मागेका छौँ : मन्त्री यादव

मन्त्रालय वा कर्मचारीले मात्रै नभएर जनताले अनुभूत गर्नेगरी विकास गर्न आफू लाग्ने पनि उनले बताइन्।  

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले काठमाडौं उपत्यकामा १५/१५ दिन र उपत्यका बाहिरका आयोजनामा कम्तीमा एक महिनामा प्रगति विवरण पठाउन भनिएको बताएकी छिन्। 

मन्त्रालय वा कर्मचारीले मात्रै नभएर जनताले अनुभूत गर्नेगरी विकास गर्न आफू लाग्ने पनि उनले बताइन्।  

मन्त्रालयमा आज पत्रकारसँग कुराकानी गर्दै मन्त्री यादवले विकासको आकाङ्क्षा पूरा नहुँदा नागरिक आक्रोशित हुनु स्वभाविक भएको बताइन्। उनले सबै कर्मचारीलाई काठमाडौँ केन्द्रित नभएर कार्यक्षेत्रमा जान र समय समयमा योजनामा भएका प्रगतिबारे जानकारी गराउन भनिएको बताइन्। काठमाडौं उपत्यकामा १५/१५ दिन र उपत्यका बाहिरका आयोजनामा कम्तीमा एक महिनामा प्रगति विवरण पठाउन भनिएको छ। उनले भनिन्, '१५ दिन वा एक महिनामा एक किलोमिटर सडक बने पनि त्यो जानकारी गराउनुपर्छ।'

कुनै पनि योजनामा ठेक्का सम्झौता गर्नै प्रक्रियामा नै त्रुटि भएकाले समस्या आउने गरेको मन्त्री यादवले बताइन्। सबैभन्दा कम रकममा काम गर्न तयार हुनेलाई जिम्मेवारी दिँदा गुणस्तरीय कामको अपेक्षा गर्न नसकिने उनले बताइन्। उनले भनिन्, 'यतिभन्दा कम कबोल गर्न नपाइने वा रकमका आधारमा यति स्थानमा भएकालाई छनोट गरिने भन्ने व्यवस्था गर्दा यो समस्या हट्न सक्छ।'

चालक अनुमतिपत्र वितरण र राजस्व सङ्कलन प्रदेशले गरे पनि छपाइको काम सङ्घले गर्नुपर्ने मन्त्री यादवले बताइन्। अनुमतिपत्र आधिकारिक कागजात भएकाले पनि यसमा एकरुपता चाहिने उनको भनाइ छ। सार्वजनिक सवारीसाधनमा रकमको साटो कार्डको व्यवस्था गरिनुपर्नेमा उनको जोड छ। उनले भनिन्, 'कम्तीमा काठमाडौँ उपत्यकाबाट यसलाई सुरु गर्न सकिए पनि राम्रो हुनेछ।'

कुर्था–जयनगर खण्डमा रेल सञ्चालनको सबै तयारी भइसकेकाले छिट्टै गरिने र काठमाडौंको चक्रपथमा विद्युतीय बस सञ्चालन गरिने उनले बताइन्। पूर्व–पश्चिम राजमार्ग जस्तै ठाउँठाउँमा उत्तर–दक्षिण राजमार्ग निर्माण गर्दै जाने उनले बताइन्। रासस


प्रकाशित : सोमबार, कात्तिक २९ २०७८१४:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend