बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

२७ बुँदे प्रतिबद्धतासहित एनआरएनएको अध्यक्षमा विनय अधिकारीको उम्मेद्‌वारी घोषणा

५० अर्बको कोष बनाएर नेपालमा लगानी भित्र्याउने योजना

images
बिहीबार , भदौ ७ २०८०
images
२७ बुँदे प्रतिबद्धतासहित एनआरएनएको अध्यक्षमा विनय अधिकारीको उम्मेद्‌वारी घोषणा

नेपालमा देखिएको भूराजनीतिक अवस्था, आर्थिक र व्यवसायी क्षेत्रमा देखिएको समस्या समाधान नै पहिलो सर्त भएको उनले बताए।

images
images

काठमाडौं- गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा विनय अधिकारीले उम्मेद्‌वारी घोषणा गरेका छन्। अधिकारीले बिहीबार एक कार्यक्रम गरी उम्मेद्‌वारी घोषणा गरेका हुन्।

images
images
images

कार्यक्रममा अधिकारीले एनआरएनएको बिग्रन लागेको छवि सुधार गर्नका लागि नेतृत्वमा आफ्नो दाबी रहेको बताए। २७ बुँदे एजेन्डा सार्वजनिक गर्दै अधिकारीले नेपालमा लगानी भित्र्याउनका लागि ५० अर्बको एनआरएनए कोष बनाउने घोषणा समेत गरेका छन्। ‘अब विश्वभरका नेपालीले एकपटक नेपालमा लगानी भित्र्याउनुपर्ने भएको छ,' उनले भने, 'यसका लागि मेरो उम्मेद्‌वारी हो।’

images
images

गैर आवासीय नेपाली संघको ११औँ महाधिवेशन आगामी अक्टोबर १७ देखि २० सम्म हुँदैछ। ‘नेपाल बाहिरको नेपालीको सुख दुःखको साथी’ भन्ने नारालाई आत्मसात् गर्दै एनआरएनको संस्थागत विकासका लागि आगामी कार्यकालको अध्यक्ष पदमा उम्मेद्‌वारी दिन लागेको अधिकारीको भनाइ छ। नेपालमा देखिएको भूराजनीतिक अवस्था, आर्थिक र व्यवसायी क्षेत्रमा देखिएको समस्या समाधान नै पहिलो सर्त भएको उनले बताए।

images
images

नेपाली नागरिकता, पैत्रिक सम्पत्तिमा हक अधिकार, विदेशस्थित नेपालीलाई सर्वोच्च अदालतको फैसलाअनुसार भोटको अधिकार, भूतपूर्व गोर्खाको समान अधिकार, पेन्सनको विषयलाई समेत प्रमुख एजेन्डा बनाएको उनले बताए। परियोजना सञ्चालन गर्दा आवश्यकताको आधारमा साझेदारी र रणनीतिक योजनाले निर्दिष्ट गरेको कार्यलाई अगाडि लानुपर्नेमा उनको जोड छ। गैर आवासीय नेपाली संघको निर्वाचन प्रणालीलाइ समयसापेक्ष सुधार गरी निरन्तर प्रक्रियामा लैजानेसमेत उनले बताए।

नेपालमा लगानीको वातावरण सिर्जनामा के-कस्ता चुनौती छन् वा वातावरण तय गर्न के-कस्ता उपायहरू सरकार तथा अन्य सरोकारवाला निकायले अवलम्बन गर्नुपर्छ भन्ने सम्बन्धमा अमूर्त कुरा हुँदै आएकोमा अध्ययन गरी त्यसको प्रतिवेदनको अधारमा नीति, नियम तथा कार्यविधिको संशोधनमा समेत महत्वपूर्ण भूमिका खेल्ने अधिकारीले बताए। आइडिया बैंकको लागि विश्वभरिका एनसीसीहरूले आफूले जानेको वा अध्ययन गरेकाहरुको आइडिया लिनेसमेत उनले बताए।

गोर्खा जिल्लाको फुजेलमा जन्मिएका अधिकारीले हाल बेलायतको क्यामरिज विश्वविद्यालयबाट राजनीति र समाजशास्त्रमा पीएचडी गर्दैछन्। अधिकारी ग्लोबल गोरखा समाजको पूर्वअध्यक्ष र हाल संरक्षकसमेत हुन्। 


प्रकाशित : बिहीबार , भदौ ७ २०८०१३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend