शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कर्णालीमा दुई दिनदेखि हवाई उडान अवरुद्ध

बिहीबार , भदौ ७ २०८०
कर्णालीमा दुई दिनदेखि हवाई उडान अवरुद्ध

डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हवाई उडान हुन सकेको छैन।

जाजरकोट– कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ। लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो। डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हवाई उडान हुन सकेको छैन।

हवाई उडान प्रभावित भएपछि नेपालगञ्ज विमानस्लथमा बस्नु परेको ठूलीभेरी नगरपालिका डोल्पाका इन्जिनियर राजेन्द्र ठकुल्लाले जानकारी दिए। उनले भने, 'दुई दिन भइसक्यो जहाज कुरेको, मौसममा सुधार नआउँदा डोल्पा जान सकिएको छैन। स्थल मार्गबाट जान पनि समस्या छ।'

सडक यातायात भरपर्दो नहुँदा हवाई उडान सेवा लिनुपर्ने बाध्यता छ। तर मौसम प्रतिकूल बन्दा यात्रुहरुलाई समस्या हुँदै आएको छ। डोल्पामा सडक पुगेपनि वर्षायाममा सहज तरिकाले यात्रा गर्न अझै समस्या छ।

खोलामा पानीको सतह बढेका कारण यात्रामा चुनौती हुँदै आएको हो। हुम्ला सडक सञ्जालसँग जोडिन सकेको छैन। नेपालगञ्ज विमानस्थल प्रशासनका अनुसार मौसममा सुधार भएको छैन। रासस


प्रकाशित : बिहीबार , भदौ ७ २०८००७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend