बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

नेपालको पूर्वाधार विकासमा लगानी गर्न मन्त्री ज्वालाको आग्रह, राजदूतले भने ठोस प्रस्ताव ल्याउनुहोस्

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ६ २०८०
images
नेपालको पूर्वाधार विकासमा लगानी गर्न मन्त्री ज्वालाको आग्रह, राजदूतले भने ठोस प्रस्ताव ल्याउनुहोस्

साउदी सरकारले साउदी विकास कोष मार्फत नेपालको भौतिक पूर्वाधारको विकासमा सहयोग गरेको भन्दै मन्त्री ज्वालाले विकास परियोजना बढाउन आग्रह गरेका छन्। 

images
images

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालका लागि साउदी अरबका राजदूत साद नासिर अब्दुल्लाह अबु हमिदबीच पूर्वाधार विकास र आयोजना साझेदारीका विषयमा छलफल भएको छ।

images
images
images

बुधबार भएको भेटवार्तामा मन्त्री ज्वालाले साउदी अरब रोजगारीको गन्तब्य भएको भएको बताउँदै अब भौतिक पूर्वाधार र यातायातका क्षेत्रमा पनि साझेदारी गर्नुपर्ने बताएका हुन्। 

images
images

‘साउदीमा नेपालीहरुको श्रमले ठूलो भौतिक विकास भएको छ, त्यहाँको स्रोत, साधन र टेक्नोलोजी नेपालको भौतिक विकासमा आवश्यक छ’ मन्त्री ज्वालाले भने, ‘साउदी अरबमा करिव ४ लाख नेपाली कामदारले श्रम गरिरहेका छन्। उनीहरुले पनि केही दक्षता पाएकै छन्। त्यो दक्षता भौतिक विकासमा लगाउन हामी तयार छौ, त्यसका लागि साउद सरकारको सहयोग हामीलाई आवश्यक छ।’ 

images
images

साउदी सरकारले साउदी विकास कोष मार्फत नेपालको भौतिक पूर्वाधारको विकासमा सहयोग गरेको भन्दै मन्त्री ज्वालाले विकास परियोजना बढाउन आग्रह गरेका छन्। 

‘नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट विकसित मुलुकमा स्तरउन्नति हुँदैछ, त्यसका लागि विकासलाई तिव्रता र दिगोपना सुनिश्चित गर्न पूर्वाधार क्षेत्रमा थप लगानी र सहायता आवश्यक छ’ मन्त्री ज्वालाले भने। साउदी राजदूत हमिदले नेपालको पूर्वाधार तथा यातायातका क्षेत्रमा सहकार्य गर्न आफुहरु तयार रहेको बताएका छन्। ‘पूर्वाधार विकासमा साझेदारी गर्न हाम्रो देश तयार छ, तर त्यसका लागि ठोस प्रस्ताव नेपाल सरकारले दिनु पर्यो’ राजदुत हमिदले भने।  

साउदी अरेबियाले वल्ड एक्सपो २०३० आयोजना गर्नका लागि उम्मेदवारी दिएको छ। साउदीसँगै दक्षिण कोरिया र इटालीले पनि आयोजनाका लागि उम्मेदवारी दिएका छन्। तर नेपालले साउदी अरबलाई सहयोग गर्ने निर्णय गरिसकेको मन्त्री ज्वालाले बताए। 


प्रकाशित : बुधबार, भदौ ६ २०८०१०:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend