बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

हेटौँडामा २ अर्ब ३७ करोड विद्युत् बक्यौता उठाउन बाँकी, शिवम् सिमेन्टसहित ९ सय ४२ जना कालोसूचीमा

images
बुधबार, भदौ ६ २०८०
images
हेटौँडामा २ अर्ब ३७ करोड विद्युत् बक्यौता उठाउन बाँकी, शिवम् सिमेन्टसहित ९ सय ४२ जना कालोसूचीमा

महसुल नतिर्ने ग्राहकका तीन पुस्तासम्म मिटर जडान गर्न नपाइने गरी कालोसूचीमा राखिएको छ।

images
images

बागमती- नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले २ अर्ब ३७ करोड ८२ लाख ९८ हजार तीन सय ६० रूपैयाँ विद्युत् महसुल उठाउन बाँकी रहेको जनाएको छ।

images
images
images

विद्युत् बक्यौता नतिर्ने हेटौँडास्थित शिवम् सिमेन्ट उद्योगसहित नौ सय ४२ जनालाई कालोसूचीमा राखिएको केन्द्रका इन्जिनियर सन्तोष चौहानले जानकारी दिए। उनका अनुसार सिमेन्ट उद्योगले आठ वर्षदेखि बक्यौता तिरेको छैन।

images
images

इन्जिनियर चौहानले उद्योगले हालसम्मको दुई अर्ब २४ करोड रूपैयाँ विद्युत् महसुल बक्यौता तिर्न बाँकी रहेको जानकारी दिए। 'उद्योगलाई विद्युत् आपूर्ति सहज गराउनका लागि ‘लोडसेडिङ’को समयमा केन्द्रले ‘डेडिकेटेड’ प्रसारण लाइन उपलब्ध गराएको थियो', उनले भने, 'त्यसबेलादेखिको महसुल तिर्न अटेर गरिरहेको छ।'

images
images

उद्योगसहित विद्युत् बक्यौता नतिर्ने नौ सय ४२ लाई कालोसूचीमा राखे पनि महसुल उठाउन नसकिएको इन्जिनियर चौहानले बताए। महसुल नतिर्ने ग्राहकका तीन पुस्तासम्म मिटर जडान गर्न नपाइने गरी कालोसूचीमा राखिएको उनको भनाइ थियो।

'कालोसूचीमा रहेका पाँच जनाले बक्यौता तिरेपछि कालोसूचीबाट हटाइएको छ', इन्जिनियर चौहानले भने, 'पाँच जनाबाट एक लाख २२ हजार पाँच सय ९२ रूपैयाँ संकलन गरिएको छ।' उनका अनुसार सिमेन्ट उद्योगले महसुल नतिरे पनि विद्युत् वितरण भने भइरहेको छ।

प्राधिकरण हेटौँडाले हाल विद्युत् चोरी नियन्त्रण गर्न सफल भएको उनले जनाए। विगतमा धेरै चुहावट भए पनि अहिले सचेतनाका कारण चोरी संख्या घटेको चौहानको भनाइ थियो। विद्युत् चोरी गर्ने २१ जनाबाट प्राधिकरणले एक लाख ६६ हजार ९१ रूपैयाँ जरिवाना लिएको उनले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, भदौ ६ २०८००८:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend