शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

फागुन ९ गतेदेखि नाडा अटो शो हुने

सोमबार, कात्तिक २९ २०७८
फागुन ९ गतेदेखि नाडा अटो शो हुने

नाडाले सरकारसँग अनुमति लिएर आगामी फागुन ९ देखि १४ गतेसम्म अटो शो गर्ने गरि कार्यसमितिबाट निर्णय गरेको हो। नाडाको नयाँ नेतृत्व आएपछि अटो शो हुने भएको छ।

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आगामी फागुन ९ देखि नाडा अटो शो गर्ने भएको छ। कोरोना महाकारीका कारण विगत दुई वर्षदेखि रोकिएको अटो शो महामारी कम भएसँगै हुने भएको हो। 

नाडाले पछिल्लो दशकयता हरेक वर्ष दसैंअघि अटो शो गर्दै आएको थियो। तर २०७६ चैतमा कारोना महामारीसँगै गरिएको लकडाउनका कारण २०७७ र २०७८ को दसैंअघि अटो शो हुन सकेको थिएन। 

नाडाले सरकारसँग अनुमति लिएर आगामी फागुन ९ देखि १४ गतेसम्म अटो शो गर्ने गरि कार्यसमितिबाट निर्णय गरेको हो। नाडाको नयाँ नेतृत्व आएपछि अटो शो हुने भएको छ। नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २३ र २४ गते नाडाको साधारण सभा हुँदै छ। 

अटो शोमा नेपालमा उपलब्ध अधिकांश दुई तथा चारपांग्रे सवारी ब्रान्डको सहभागिता हुने छ। शोमा सवारी  तथा सवारीजन्य पार्टपुर्जाको प्रदर्शन, बैंक तथा वित्तीय संस्थालगायतको सहभागिता रहने छ।


प्रकाशित : सोमबार, कात्तिक २९ २०७८०९:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend