शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

साउदीको रियाद उडान स्थगन गरी भदौ २० गतेबाट दमाममा साताको २ उडान गर्दै नेपाल एयरलाइन्स

शनिबार, भदौ २ २०८०
साउदीको रियाद उडान स्थगन गरी भदौ २० गतेबाट दमाममा साताको २ उडान गर्दै नेपाल एयरलाइन्स

साउदीको रियाद उडान भने बन्द भएको छ। प्रवक्ता पौडेलका अनुसार अगष्ट ३ तारिकबाट नै साउदीको रियादमा उडान बन्द भइसकेको छ। निगमलाई रियाद उडानमा घाटा भएको थियो।

काठमाडौं- नेपाल वायु सेवा निगमले साउदी अरबको दमाममा उडान सुरु गर्ने भएको छ। निगम प्रवक्ता रमेश पौडेलका अनुसार सेप्टेम्बर ६ अर्थात् भदौ २० गतेदेखि साउदीको दमाममा उडान सुरु हुने भएको हो।

सातामा २ वटा उडान हुनेछ। बुधबार र शनिबार उडान हुनेछ। वैदेशिक रोजगारीमा जाने युवालाई लक्षित गर्दै भाडा तय भएको छ। नेपालबाट दमामतर्फ भाडा ३५ हजार रूपैयाँ र दमामबाट काठमाडौंको भाडा ५९५ साउदी रियाल तय भएको छ।

यो भाडा प्रवर्द्धनात्मक भाडा भएको निगमले जनाएको छ। सबै तयारी पूरा गर्दै टिकट खुल्ला गरिएको पौडेले बताए।

साउदीको रियाद उडान भने बन्द भएको छ। प्रवक्ता पौडेलका अनुसार अगष्ट ३ तारिकबाट नै साउदीको रियादमा उडान बन्द भइसकेको छ। निगमलाई रियाद उडानमा घाटा भएको थियो।

ठूलो तामझामका साथ निगमले २०७९ बैशाख ९ गतेदेखि साउदीको रियादमा उडान सुरु गरेको थियो। रियाद उडानमा खासै बिजनेस गर्न नसकेपछि दमाम उडान सुरु गरेको हो।

प्रकाशित : शनिबार, भदौ २ २०८०१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend