शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

रनवेमा रोकिएको एयर इन्डियाको जहाज निकालियो

मंगलबार, साउन ३० २०८०
रनवेमा रोकिएको एयर इन्डियाको जहाज निकालियो

काठमाडौं- रनवेमा रोकिएको एयर इन्डियाको जहाज तानेर निकालिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख प्रतापबाबु तिवारीका अनुसार उडान नम्बर २१६ को जहाजको ह्विल लक भएका कारण धावनमार्गमै अड्किएको हो।

जहाज धावनमार्गमा अड्किँदा १ घण्टा उडान तथा अवतरण बन्द भएको थियो।  करिब ५७ मिनेट त्रिभुवन विमानस्थलमा उडान र अवतरण रोकिएको तिवारीले जानकारी दिए। उनका अनुसार अहिले जहाज रनवेबाट निकालिसकिएको छ।

ह्विल लक भएको जहाजलाई तानेर पार्किङतर्फ ल्याई धावनमार्ग खुला गरिएको हो।


प्रकाशित : मंगलबार, साउन ३० २०८०१२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend