शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सवारी आयातमा बजेटको सकारात्मक प्रभाव : नाडा 

आइतबार, कात्तिक २८ २०७८
सवारी आयातमा बजेटको सकारात्मक प्रभाव : नाडा 

बजेट पश्चात सवारीसाधनको आयातमा आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आव २०७७/७८ मा शतप्रतिशत वृद्धि भएको हो। 

काठमाडौं- सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट अटोमोवाइल व्यवसायमा सकारात्मक प्रभाव पारेको नाडाको भनाइ छ। बजेट पश्चात सवारीसाधनको आयातमा आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आव २०७७/७८ मा शतप्रतिशत वृद्धि भएको हो। 

चालु आर्थिक वर्षमा अझ वृद्धि हुने भन्दै नाडाले सरकारले लिएको नीतिहरुको निरन्तरताका लागि समेत आग्रह गरेको छ। नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ८ सदस्यीय प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग आइतबार मन्त्रालयमा भेट गरेको नाडाले जनाएको छ।  

सो भेटघाट तथा छलफलमा मसिंर २२ गते काठमाडौंमा सम्पन्न हुने नाडाको ४५औं वार्षिक साधारण सभाको प्रमुख अतिथिका लागि आग्रह समेत गरेको नाडाले जनाएको छ। 

उक्त छलफलमा उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती लगायत मोटरसाइकल समितिका सभापति अभिक ज्योति, कन्सट्रक्सन इक्यूपमेण्ट, वर्कशप टुल्स एण्ड ट्रयाक्टर समितिका सभापति मिलनबाबु मल्ल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेत सहभागी थिए। 


प्रकाशित : आइतबार, कात्तिक २८ २०७८१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend