शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

चन्द्रागिरी हिल्सको नाफामा उछाल, झन्डै ८ सय प्रतिशतले बढ्यो

मंगलबार, साउन ३० २०८०
चन्द्रागिरी हिल्सको नाफामा उछाल, झन्डै ८ सय प्रतिशतले बढ्यो

काठमाडौं- चन्द्रागिरी हिल्स लिमिटेडले १५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७९६.४१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बाह्य तथा आन्तरिक पर्यटकहरूको आगमनमा उल्लेख्य सुधार भएपछि कम्पनीको आम्दानी बढ्न गई खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आदानी ३६.५४ प्रतिशत बढेर ९१ करोड ३४ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी ४०.५२ प्रतिशत बढेर ७९ करोड २६ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ रुपैयाँ ७५ पैसा बढेर ९ रुपैयाँ ८५ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ८४ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४६.६३ गुणा रहेको छ।

१ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष भने २३ करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।


प्रकाशित : मंगलबार, साउन ३० २०८००४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend