शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३
वर्षाले हवाई उडान प्रभावित

चीनको तियान्फुबाट आएका दुई जहाज उतै फर्किए, नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट

आइतबार, साउन २८ २०८०
चीनको तियान्फुबाट आएका दुई जहाज उतै फर्किए, नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट

आन्तरिकतर्फ काठमाडौंबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाडौं-तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ। बुद्ध एयरका काठमाडौं-पोखरा रुटका तीन वटा र बुद्ध एयरकै काठमाडौं-तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन्।

काठमाडौं- गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन्।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए। उनका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फुबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फुमै फर्किएका छन्। साथै अन्य अन्तर्राष्ट्रिय उडानहरु पनि सामान्य प्रभावित भएको उनले जानकारी दिए।

विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाडौंबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाडौं-तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ। विमानस्थलका अनुसार बुद्ध एयरका काठमाडौं-पोखरा रुटका तीन वटा र बुद्ध एयरकै काठमाडौं-तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन्। रासस


प्रकाशित : आइतबार, साउन २८ २०८००६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend