शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बुद्ध एयरले थप्यो जहाज

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २६ २०८०
बुद्ध एयरले थप्यो जहाज

आन्तरिक उडानको सबैभन्दा ठूलो एयरलाइन्स बुद्धसँग थपिएकोसँगै १६ जहाज पुगेका छन्। अब बुद्धसँग ७२ सिट क्षमताका `एटीआर७२–५००´ १३ र तीनवटा  एटीआर ४२ जहाज रहेका छन्। 

काठमाडौं- बुद्ध एयरले थप जहाज खरिद गरेको छ। बुद्धको `एटीआर ७२-५००´जहाज आजै काठमाडौंमा अवतरण गरेको छ। 

आन्तरिक उडानको सबैभन्दा ठूलो एयरलाइन्स बुद्धसँग थपिएकोसँगै १६ जहाज पुगेका छन्। अब बुद्धसँग ७२ सिट क्षमताका `एटीआर ७२-५००´ १३ र तीन वटा  एटीआर ४२ जहाज रहेका छन्। 

बुद्ध एयरले काठमाडौंबाहेक पोखराबाट देशको विभिन्न प्रदेशहरूसँग सिधा उडान गर्दै आएको छ। बुद्ध एयरले पोखराबाट भैरहवा, भरतपुर, नेपालगञ्ज, सिमरा, धनगढी र जनकपुरबाट सिधा उडान गर्दै आएको छ।

७२ सिटे एटीआर-७२ जहाज १३ वटा, ४२ सिटे एटीआर-४२ जहाज ३ वटा जहाज भएको एयरलाइन्स आन्तरिक उडानमा वर्षौँदेखि एकछत्र राज गर्दै आएको छ।


प्रकाशित : शुक्रबार, साउन २६ २०८०१२:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend