आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

३ दिनमै १५८ अंकले घटेको सेयर बजारमा अबको साता के होला? (विश्लेषणसहित)

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, कात्तिक २७ २०७८
images
३ दिनमै १५८ अंकले घटेको सेयर बजारमा अबको साता के होला? (विश्लेषणसहित)

बढ्ने अनुमान गरिएको बजार घटिरहेको भए पनि यसमा कुनै ठूलो कारण नरहेको विश्लेषक विष्णु प्रसाद बस्याल बताउँछन्।

images
images

काठमाडौं- तिहारपछि सेयर बजारमा ३ दिन कारोबार भएको थियो। ३ दिनकै कारोबारमा गिरावट आएको थियो। कारोबार भएको लगातार तीन दिन २२, २३ र २५ गते नै सेयर बजारमा दोहोरो अंकको गिरावट आएको थियो।

images
images
images

कात्तिक १७ गते तिहारअघि कारोबारको अन्तिम दिन बुधबार नेप्से ५.२२ अंकले बढेर २८४८.८४ बिन्दुमा रोकिएको थियो। तिहारपछि सेयर बजारमा  उत्साह आउने आँकलन भएको थियो। तर तिहारपछि तीन दिन नै सेयर बजारमा लगातर दोहोरो अंकमा गिरावट आएको छ।

images
images

वाणिज्य बैंक, विकास बैंक, बीमा कम्पनी, लघुवित्त कम्पनीहरूले लाभांश घोषणा गरिरहे पनि बजार बढ्न सकेको छैन।कात्तिक २५ गते बिहीबार पनि नेप्से ५९.५७ अंकले घटेको २६९०.२९ बिन्दुमा रोकिएको छ। 

images
images

तिहारपछि पहिलो  दिन २२ गते सोमबार नेप्से १९.२० अंकले घटेर २८२९.६५ बिन्दुमा रोकिएको थियो। यसैगरी सोमबार १९ अंकले घटेको बजार मंगलबार झनै घटेको थियो। मंगलबार सेयर बजार परिसूचक नेप्से ७९.७९ अंकले घटेर २७४९.८६ बिन्दुमा रोकिएको थियो।

बढ्ने अनुमान गरिएको बजार घटिरहेको भए पनि यसमा कुनै ठूलो कारण नरहेको विश्लेषक विष्णु प्रसाद बस्याल बताउँछन्।

‘बजार सिधै एकैपटकमा माथि जाने भन्ने पनि होइन र सिधै तल झर्ने पनि होइन’, उनले भने ‘२४८० देखि २८८० सम्म ४ सय अंकले बजार बढेपछि केही करेक्सन त अवश्य पनि हुन्छ। अहिले २ सय अंक पनि घटेको छैन। घट्नु नराम्रो पनि होइन, बजार घट्न पनि पाउँछ नि।

बजार घट्नुमा मौद्रिक नीतिको समीक्षाको पर्खाइ र प्राविधिक कमजोरी जे भन्दा पनि फरक नपर्ने उनको तर्क छ। सेयर बजारमा विशेषत ३ वटा विषयले प्रभाव पारेको विज्ञहरु बताउँछन्। पहिलो कारण लगानी कर्ताले मौद्रिक नीतिसँगै घटेको सेयर बजार मौद्रिक नीतिको समिक्षा कसरी आउँछ भनेर कुरिरहेका छन्। लगानी कर्ताले न त सेयर बिक्री गर्न सकेको छन् न त खरिद नै गरेका छन्। 

चालू आर्थिक वर्षको मौद्रिक नीति माफर्त सेयर कर्जामा कडाइ गर्दा सेयर बजारमा असर परेको विज्ञहरु बताउँछन्। राष्ट्र बैंकले सेयर कर्जामा व्यक्तिले ४ करोड र पारिवारले १२ करोड भन्दा बढी कर्जा लिन नपाउने व्यवस्था गरेसँगै सेयर बजारमा गिरावट आउन थालेको हो। मौद्रिक नीति आउनु अगाडि  सेयर बजार ३२सयको. अंकमा पुगेको थियो। ३२ सयको अंकमा पुगेको सेय बजार मौद्रिक नीतिपछि २४ सयको अंकमा आइपु्गेको थियो।

अर्को प्रमुख कारण ब्याजदर रहेको विज्ञहरुको भनाइ छ। तरलता अभावसुरु भएसँगै बैंकहरुले ब्याजदर बढाए। जसको असर बजारमा देखिएको हो। दसैं पछि राष्ट्र बैंकले बैंकहरुले बढाएको ब्याजदरमा केही अंकुश लगाउँदा बजार पुन बढको थियो।

तर पुन तरलताको अभाव सम्बोध्न नहुँदा बैंकहरुले मंसिरमा ब्याजदर बढाउँदै छन्। अहिले सिंगल अंकमा रहेको बैंकको ब्याज पुनः मंसिरदेखि दोहोरो अंकमा पुग्ने छ। यसको असर पुनः सेयर बजारमा देखिने सेयर विश्लेषकहरुको भनाइ छ।

अर्को प्रमुख कारण मंसिर पहिलो साता मात्रै मौद्रिक नीतिको समिक्षा हुने हुँदा पनि अझै केही दिन सेयर बजारमाा उत्साह नआउने विज्ञहरुको भनाइ छ।


प्रकाशित : शनिबार, कात्तिक २७ २०७८०८:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend