शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

भ्रष्टाचार र कर्मचारीतन्त्र बाधक बन्दा विदेशी लगानी आउन छाड्यो : शेखर कोइराला

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन १८ २०८०
भ्रष्टाचार र कर्मचारीतन्त्र बाधक बन्दा विदेशी लगानी आउन छाड्यो : शेखर कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देश भ्रष्टाचारले गाँज्दै जाँदा विदेशी लगानी नै आउन नसक्ने अवस्थामा पुगेको बताएका छन्। 

अमेरिकी स्टेट गभर्मेन्टले निकालेको रिपोर्टमा समेत नेपालमा विदेशी लगानीको सम्भावना हुँदाहुँदै पनि भ्रष्टाचार र कर्मचारीतन्त्र बाधक हुँदा समस्या आएको उल्लेख भएको भन्दै उनले यसतर्फ सरकार गम्भीर नहुनु झन चिन्ताको विषय रहेको बताए।

राजधानीमा आयाेजित एक कार्यक्रममा नेता काेइरालाले हरेक कान्डमा नेतृत्व संग्लन हुने र छानबिन प्रभावित पारेर प्रत्येक विषय सेलाउँदै लैजाने परम्पराले विदेशीहरूले समेत विश्वास गर्न छाडेकाे बताए। यसमा सुधारतर्फ नलागे मुलुक गम्भीर आर्थिक संकटमा जाने देखिएकाे उनले बताए।

अहिले राजस्व अनुसन्धान विभागले सुन तस्करका विषयमा गरिरहेको अनुसन्धानमा सीआईबी संग्लन नगरेकाे तर विभाग प्रधानमन्त्रीकाे मातहत रहेकाेले विषय कतै अन्यत्र नै माेड्न खाेजिएकाे आशंका उत्पन्न भएकाे उनले बताए।

प्रतिपक्षसमेत संसदमा कुरा उठाउन छाडेर अवराेधतिर लाग्नुले कतै मिलाेमताे त भएकाे छैन भन्ने विषय कांग्रेसले बुझ्न जरुरी रहेकाे उनले बताए। हरेक विषय आउँदा शीर्ष नेता बसेर टुंग्याउन खाेज्नु झनै गलत भएकाे उनको भनाइ छ। 


प्रकाशित : बिहीबार , साउन १८ २०८००४:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend