शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

भेस्पा अप्रिलियाको मनसुन स्किम, यस्ता छन् छुट तथा सुविधा

बुधबार, साउन १७ २०८०
भेस्पा अप्रिलियाको मनसुन स्किम, यस्ता छन् छुट तथा सुविधा

कम्पनीले एक्सचेन्ज गर्न चाहनेका लागि १० हजार अतिरिक्त मूल्यांकन सुविधा उपलब्ध गराएको छ।

काठमाडौं- इटालियन प्रिमिय ब्रान्ड भेस्पा अप्रिलियाको स्कुटरमा नयाँ स्किम आएको छ। उक्त स्किममा विभिन्न सुविधाहरु उपलब्ध गराइने कम्पनीले जनाएको छ। 

भेस्पा तथा अप्रिलियाको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्पले मनसुन स्किम ल्याएको हो। कम्पनीले भेस्पा अप्रिलियाको स्कुटर खरिदमा १० हजार नगद छुट दिएको छ। 

त्यस्तै कम्पनीले एक्सचेन्ज गर्न चाहनेका लागि १० हजार अतिरिक्त मूल्यांकन सुविधा उपलब्ध गराएको छ। कम्पनीले भेस्पा अप्रिलियाको स्कुटरमा फाइनान्स सुविधा उपलब्ध गराउने र त्यसमा ५ प्रतिशतमात्र ब्याज निर्धारण गरेको छ। 

त्यसैगरि डेल्टा अटोकर्पले भेस्पा अप्रिलिया स्कुटरको खरिदमा निःशुल्क ब्रान्डेड हेलमेट उपलब्ध गराउने जनाएको छ। भेस्पा अप्रिलियाका स्कुटर विभिन्न मोडलमा उपलब्ध रहेका छन्। देशभर डिलर तथा सर्भिस नेटवर्कमार्फत कम्पनीले स्कुटर तथा स्तरीय सर्भिस र स्पेयरपार्ट उपलब्ध गराएको छ।


प्रकाशित : बुधबार, साउन १७ २०८०१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend