शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

शून्य प्रदूषण कार मात्र उत्पादन गर्न किन तयार छैन टोयोटा

शुक्रबार, मंसिर ३ २०७८
शून्य प्रदूषण कार मात्र उत्पादन गर्न किन तयार छैन टोयोटा

टोयोटाले उक्त सम्झौतामा हस्ताक्षर गरेको छैन। टोयोटाले २०४० बाट फोसिल फ्युल कार उत्पादन रोक्ने प्रस्तावमा आफूले हस्तारक्षर नगरेको यसैसाता प्रष्ट्याएको हो।

काठमाडौं- टोयोटा बिक्री संख्याका आधारमा विश्वको सबैभन्दा ठूलो कार उत्पादक मध्येको एक हो। विश्वभर शून्य प्रदूषण सवारीको विकास र विस्तारका लागि व्यापक पहल भइरहेको छ। यसका साथै ठूला कार उत्पादकले शून्य प्रदूषण सवारी विकासका लागि अर्बौं डलर लगानी गरिरहेका छन्। 

हालै बेलायतमा भएको जलवायु सम्मेलनमा समेत फोसिलि फ्युलबाट चल्ने सवारीको विकल्पको रुपमा ब्याट्रीबाट चल्ने विद्युतीय सवारीलाई प्राथमिकता दिनुपर्ने कुरा उठेको थियो। सो सम्मेलनमा विश्वका ठूला सवारी उत्पादकहरुलाई २०४० भित्र शून्य प्रदूषण सवारीमात्र उत्पादन गर्ने सम्झौतामा हस्ताक्षर गराइएको थियो। 

तर टोयोटाले उक्त सम्झौतामा हस्ताक्षर गरेको छैन। टोयोटाले २०४० बाट फोसिल फ्युल कार उत्पादन रोक्ने प्रस्तावमा आफूले हस्तारक्षर नगरेको यसैसाता प्रष्ट्याएको हो। तर ठूला कार निर्माता जनरल मोटर्स, फोर्ड, भोल्भो कार र मर्सिडिज बेन्जलगायत ६ कम्पनीले ग्लास्गो घोषणा पत्रमा हस्ताक्षर गरेका छन्। 

ग्लास्गो घोषणा पत्रमा २०४० देखि शून्य प्रदूषण कार मात्र उत्पादन गर्नुपर्ने व्यवस्था उल्लेख छ। तर विश्वको पहिलो र दोस्रो ठूलो कार उत्पादक क्रमश टोयोटा र फक्सवागन भने उक्त प्रस्तावित प्रतिवद्धतामा सहमत नभएका हुन्। यीसँगै अमेृरिक, जर्मनी तथा चीनका मुख्य कार उत्पादनहरु पनि सहमत देखिएका छैनन्। 

टोयोटा शून्य प्रदूषण सवारी उत्पादनको पक्षमा रहेपनि तत्काल पूर्वाधार तथा लगानीको विषय अझै स्पष्ट भइनसकेकाले ग्लास्गो घोषणामा सहमत हुने अवस्था आइनसकेको टोयोटाका प्रवक्ताले रोयटर्सलाई बताएको द इकोनोमिक टाइम्सले लेखेको छ।

एसिया, अफ्रिका,तथा मध्यपूर्वमा शून्य प्रदूषण सवारीका लागि आधार तयार भइसकेको छैन। जसका लागि केही समय लाग्ने भएकाले अहिले नै उक्त सम्झौतामा हस्ताक्षर गर्न टोयोटालाई असहज भएको प्रवक्ताले बताएका छन्।

गएको अप्रिलमा म्युनिख बोबिलिटी सोले सार्वजनिक गरेको एक अध्ययन अनुसार विद्युतीय सवारीको स्वामित्व लिनमै ठूलो असहजता रहेको उल्लेख गरेको छ। 

अमेरिका, युरोपियन युनियन र चीनमा विद्युतीय कारको संख्या बढ्दै गएपनि अन्यत्र आशातित दर्ता हुन सकेको छैन। दक्षिण अमेरिकामा ४२ करोड जनसंख्या भएपनि २०२० मा १८ हजारभन्दा कम विद्युतीय कार दर्ता भएको थियो। 

त्यस्तै अफ्रिकामा १ अर्ब २० करोड जनसंख्या छन् भने त्यहाँ २०२० मा जम्मा १ हजार ५ सय ९ वटा विद्युतीय कार दर्ता भएको तथ्यांक छ। 

फक्सवागनले समेत ग्लास्गो घोषणामा तत्काल सहमत हुन नसक्ने स्पष्ट पारिसकेको छ। यसका लागि स्थान विशेष अनुसार निर्णय गर्नुपर्ने अवस्था रहेको कम्पनीको भनाइ छ। 


प्रकाशित : शुक्रबार, मंसिर ३ २०७८०४:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend