शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि भुटान एयरले माग्यो अनुमति

मंगलबार, साउन १६ २०८०
पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि भुटान एयरले माग्यो अनुमति

काठमाडौं- सञ्चालनमा आएको ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सेड्युल उडानका लागि भुटान एयरले अनुमति मागेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देश इन्जिनियर प्रदीप अधिकारीका अनुसा भुटानबाट भुटान एयरले पोखरा उडानका लागि अनुमति मागेको हो। अधिकारीका अनुसार भुटान एयरले पोखरासँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान अनुमति मागे छ। 

भुटानको पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत भुटान सिभिल एभिएसन अथोरेटीले पोखरा र गौतम बुद्धबाट उडानका लागि अनुमति मागेको हो। भुटानले २ वटा जहाज मार्फत उडान गर्नेसमेत जनाएको छ।

भुटान एयरले अहिले त्रिभुवन अन्तर्राष्ट्रिष विमानस्थलबाट समेत उडान गरिरहेको छ। 

भुटान एयरको यो उडान प्रस्तावबाट बोद्ध धर्मावलम्बी लाभान्वित हुने अपेक्षा गरिएको छ। भुटानबाट आएको पत्रमा जति सक्दो छिट्टो अनुमति दिन अनुरोध गरिएको छ।

भुटानले अहिले पनि काठमाडौंमा उडान गरिरहेका कारण अनुमति दिनमा कुनै समस्या नहुने समेत प्राधिकरणको भनाइ छ।

यसअघि पोखरामा सिचुवान एयरले चार्टर उडान गरेको थियो। त्यो नै  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो अन्तर्राष्ट्रिय उडान  भएको थियो।

अन्य एयरमार्फत पोखराबाट उडान हुन सकेको छैन। सम्भवत भुटान एयर नै पहिलो नियमति उडान गर्ने एयर हुने छ। भैरहवामा भने अहिले नेपाल एयरले मलेसियाबाट उडान गरिरहेको छ।


प्रकाशित : मंगलबार, साउन १६ २०८००२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend