शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

प्रधानमन्त्री दाहाल भन्छन् - भ्रष्टाचारका अन्य फाइल पनि खुल्छन्, यो राजनीतिक स्टन्ट होइन

आइतबार, साउन १४ २०८०
प्रधानमन्त्री दाहाल भन्छन् - भ्रष्टाचारका अन्य फाइल पनि खुल्छन्, यो राजनीतिक स्टन्ट होइन

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले भ्रष्टाचारमा संलग्न सबैलाई कारबाही गरिने प्रतिबद्धता जनाएका छन्।

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, बेथिती र तस्करीविरुद्ध सरकारले चालेको अभियान आवेग र राजनीतिक स्टन्ट नभएको बताएका छन्।

समाजवादी मोर्चामा आबद्ध घटकका विद्यार्थी संगठनको मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचारमा संलग्न सबैलाई कारबाही गरिने बताएका हुन्।

'राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्नेविरुद्ध अभियान थालिएको छ। तस्करीविरुद्ध जेहाद छेडिएको छ। यो कदम रोकिनेवाला छैन। अझै अगाडि बढ्छ', प्रधानमन्त्री दाहालले भने, 'यो लडाइँ जित्नैपर्छ। यो आवेग र राजनीतिक स्टन्टको कुरा पनि होइन। नेपाली जनताको हितका लागि गरिएको हो।'

भ्रष्टाचारका अरु धेरै फाइल खुल्ने प्रधानमन्त्री दाहालले बताए। एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाईँ नभएकाले त्यसमा जनताको साथ र समर्थन जरुरी रहेको उनले स्पष्ट पारे।

'यसमा समाजवादी मोर्चाको समर्थन चाहिएको छ। हेर्दै जानुहोला अरु फाइल खुल्दै जानेछन्। त्यतिबेला तपाईँहरुको समर्थन चाहिन्छ', उनले भने, एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाइँ होइन, जनस्तरको समर्थन पाएर हामी यो ब्याटल जित्ने छौँ।'

अहिलेका अभियान बेपत्ता, घाइते र अपांगको सपना साकार गर्ने लडाईँका रुपमा उनले चित्रण गरे। रासस


प्रकाशित : आइतबार, साउन १४ २०८०१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend