शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

कोशीका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

बिहीबार , साउन ११ २०८०
कोशीका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

गौतमको हस्तारक्षरसहित बहुमतका लागिआवश्यक ४७ जनाको हस्ताक्षरसहित कांग्रेसका उद्वव थापा मुख्यमन्त्री भएका थिए।

काठमाडौं- कोशी प्रदेश सरकार गठनमा सभामुखको हस्ताक्षरलाई सर्वोच्च अदालतले संविधान विपरित भएको ठहर गरेको छ। योिसँगै कोशी प्रदेश सरकार ढलेको छ। 

सर्वोच्चका न्यायाधीश ई्श्वरीप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजालसले सभामुख बाबुराम गौतमको हस्ताक्षरसमेतलाई आधार बनाएर संख्या पुर्‍याइ  गठन भएको सरकार बदर गरिदएको हो।

गौतमको हस्तारक्षरसहित बहुमतका लागिआवश्यक ४७ जनाको हस्ताक्षरसहित कांग्रेसका उद्वव थापा मुख्यमन्त्री भएका थिए।

२१ असारमा कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए। सोही समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए।


प्रकाशित : बिहीबार , साउन ११ २०८००९:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend