शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मौद्रिक नीति : ११.५ प्रतिशतले कर्जा बढाएर मूल्यवृद्धि ६.५ प्रतिशतमा सीमित गर्ने लक्ष्य (पूर्णपाठ)

आइतबार, साउन ७ २०८०
मौद्रिक नीति : ११.५ प्रतिशतले कर्जा बढाएर मूल्यवृद्धि ६.५ प्रतिशतमा सीमित गर्ने लक्ष्य (पूर्णपाठ)

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। 

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत् चालु आर्थिक वर्षमा मूल्यवृद्धिलाई ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ। अधिक मूल्यवृद्धिको जोखिम कायमै रहेकाले यदि यो लक्ष्यमा चुनौती भएमा मुद्रा परिचालनलाई सीमित पारिने नीतिमा उल्लेख गरिएको छ। 

त्यस्तै राष्ट्र बैंकले चालु वर्षका लागि निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदर ११.५ प्रतिशतमा सीमित राख्ने उल्लेख गरेको छ। गएको आर्थिक वर्ष १२.६ प्रतिशतको विस्तारको लक्ष्य राखिए पनि एक तिहाइ पनि लक्ष्य पूरा भएको छैन। 

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले विभिन्न क्षेत्रमा जाने कर्जाको जोखिम भार पुनरावलोकन गर्ने तथा आवासीय घर खरिदमा सहुलियत दिने घोषणा गरेको छ। 

त्यस्तै नीतिगत दरका व्यवस्थामा पचास प्रतिशतसम्मले कटौती गरिएको छ। 


प्रकाशित : आइतबार, साउन ७ २०८००७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend