शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

साढे २ अर्ब लगानीमा खुल्यो पाँचतारे होटल दूषित प्रिन्सेस काठमाडौं

शनिबार, साउन ६ २०८०
साढे २ अर्ब लगानीमा  खुल्यो पाँचतारे होटल दूषित प्रिन्सेस काठमाडौं

दुई सयभन्दा बढीले रोजगारी पाएको होटलमा निकट भविष्यमै क्यासिनोसमेत सञ्चालनमा ल्याउने तयारी सञ्चालकले गरेका छन्।

काठमाडौं- नेपालमा पहिलो पटक थाइल्यान्डको दूषित प्रिन्सेस चेन होटल भित्रिएको छ। काठमाडौंको लाजिम्पाटमा होटल लासा इन्टरनेसनलको लगानीमा निर्माण भएको होटलमा विश्वकै चर्चित ब्रान्ड दूषित प्रिन्सेस चेन भित्रिएको छ।

शनिबारबाट काठमाडौंमा सञ्चालनमा आएको दूषित प्रिन्सेसमा १ सय ७ वटा रुम र दुई वटा ठूला सभाहल छन्। होटलमा सुप्रियर, डिलक्स र एक्जुकेटिभ रुमहरु रहेका छन्।

पाँचतारे स्तरको होटल झन्डै २ अर्ब ५० करोड रुपैयाँ लगानीमा तयार पारिएको अध्यक्ष तेन्जिङ लामाले जानकारी दिए। थाइल्यान्डको चर्चित चेनसँगको सहकार्यले थप उचाइमा पुर्‍याउने दाबीसमेत अध्यक्ष लामाले गरेका छन्।

२०१६ मै सुरू गरिएको होटल निर्माण सम्पन्न गर्न ७ वर्ष लागेको बताउँदै अध्यक्ष लामाले कोभिड १९ कारण ढिलाइ भएको बताए। होटलमा वेलनेस स्पा, स्विमिङ पुलसहित १२ तलाको भवनमा दुई तला भने ग्राउन्ड फ्लोर रहेको छ। ७० वटा कार पार्किङको क्षमता रहेको होटलमा थाइ रेष्टुरेन्ट छुट्टै राखिएको समेत अध्यक्ष लामाले बताए। अहिले हाेटलले विशेष अफरअन्तर्गत रुमहरु १ सय २५ डलरमा दिएकाे उनले जानकारी दिए।

dusit.jpg

दुई सयभन्दा बढीले रोजगारी पाएको होटलमा निकट भविष्यमै क्यासिनोसमेत ल्याउने तयारी सञ्चालकले गरेका छन्।

शनिबार होटलद्वारा आयोजित कार्यक्रममा दूषित थानी पब्लिक कम्पनीको ग्रुप सीइओ खुम सुपाजीले नेपालमा पहिलोपटक सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन्। दूषित थानी पनि नेपाल आइसकेको र अब दूषित थानीकै प्रिन्सेस पनि नेपाल ल्याउन पाउँदा खुसी लागेको बताइन्। नेपाल विश्वकै पर्यटकको लागि आकर्षक गन्तव्य भएको बताउँदै सुपाजीले नेपाल मेमोरेबल एक्स्पेरिन्यस लिने ठाउँ भएकोसमेत बताइन्। 

नेपाल सरकारले यो वर्ष नै १० लाख र भविष्यमा लाखौँ पर्यटक भित्र्याउने लक्ष्य राखेकाले पनि दूषित प्रिन्सेस चेनले थप सहयोग पुर्‍याउने उनले दाबी गरिन्। नेपाल ट्रेकिङ, टुर देखि जंगल सफारी मात्रै नभएर विश्वकै अग्ला हिमालहरु समेत रहेकोले पनि पर्यटकको रोजाइमा पर्ने उनको भनाइ छ।

यसअघि दूषित थानीकै चेन धुलिखेलमा भित्रिसकेको छ। थाइल्यान्डको ब्रान्ड दूषित थानीका दूषित थानी, दूषित प्रिन्सेस, दूषित डि२, दूषित रेसिडेन्स नाममा चेन संसारभरी फैलिएको छ। 

dusit prins.png


प्रकाशित : शनिबार, साउन ६ २०८०१२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend