शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

३० मिनेट विमानस्थलको सबै उडान बन्द गरेर शनिबार इटाली जाँदै छन् प्रधानमन्त्री

शुक्रबार, साउन ५ २०८०
३० मिनेट विमानस्थलको सबै उडान बन्द गरेर शनिबार इटाली जाँदै छन् प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझ इटाली जाँदै छन्। प्रधानमन्त्रीको इटाली भ्रमणका समयमा नोटाम (उडान तथा अवतरण बन्द) जारी भएको छ।

विमानस्थल कार्यालयका प्रमुख प्रतापबाबु तिवारीले शनिबार साँझ ५:४० देखि ६:१० बजेसम्म विमानस्थलमा भीभीआईपी मुभमेन्टका नोटाम जारी भएको जनाकारी दिएका छन्।

उक्त समयमा प्रधानमन्त्री जाने जहाजबाहेक कुनै पनि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुने छैन। जसका कारण ३० मिनेट हवाई उडान नै बन्द हुने छ।

संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार इटाली जान लागेका हुन्। इटालीमा साउन ८ देखि १० गतेसम्म संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रम हुँदै छ। उक्त कार्यक्रमलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन्। 

साथै साइडलाइनमा प्रधानमन्त्री प्रचण्डले खाद्य तथा कृषि संगठन (एफएओ)का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)का कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी)का अध्यक्ष लगायतका राष्ट्रसंघका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने छन्। 

प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा उनकी छोरी तथा स्वकीय सचिव गंगा दाहाल, कृषिमन्त्री वेदुराम भुषाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायत छन्। प्रधानमन्त्री प्रचण्ड साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ।


प्रकाशित : शुक्रबार, साउन ५ २०८०१२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend