शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एमालेले आफ्ना सदस्यलाई खाता नम्बर दिँदै भन्यो- १०० रूपैयाँ हालिदिनुस्

बुधबार, कात्तिक २४ २०७८
एमालेले आफ्ना सदस्यलाई खाता नम्बर दिँदै भन्यो- १०० रूपैयाँ हालिदिनुस्

एमालेमा ७ लाख ३० हजार पार्टी सदस्य छन्। उनीहरूबाट कम्तीमा १ सय रुपैयाँ उठाउँदा ७ करोड ३० लाख रुपैयाँ उठ्छ।

काठमाडौं- १०औँ महाधिवेशनको खर्चका लागि भन्दै नेकपा एमालेले पार्टीका सदस्यहरूलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गरेको छ। 

बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकले पार्टीको महाधिवेशनका लागि सबै सदस्यहरूलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गरेको हो।

त्यसका लागि नेकपा एमालेले राष्ट्रिय बाणिज्य बैंक, टेकू शाखामा १७००१००००११५९००१ नम्बरको चल्ती खाताको व्यवस्था गरेको जनाएको छ। सोही खातामा सबै पार्टी सदस्यहरूले महाधिवेशनको खर्चका लागि मोबाईलमार्फत् वा सो बैंकको खातामा कम्तीमा १०० रुपैयाँ जम्मा गर्न अपिल गरिएको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए। 

एमालेले यसअघि नै पार्टीको महाधिवेशन खर्चका लागि चन्दा नउठाउने निर्णय गरेको थियो। प्रचार विभाग प्रमुख भट्टराईका अनुसार एमालेमा ७ लाख ३० हजार पार्टी सदस्य छन्। उनीहरूबाट कम्तीमा १ सय रुपैयाँ उठाउँदा ७ करोड ३० लाख रुपैयाँ उठ्छ।

यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा विद्युतीय उपकरणबाट मतदान गरिने छ। मतदानका लागि एक सय वटा विद्युतीय उपकरण राखिने जनाइएको छ।


प्रकाशित : बुधबार, कात्तिक २४ २०७८११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend