शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

विश्वभरका कार उत्पादकले विद्युतीय कार उत्पादनमा ५ खर्ब लगानी गर्दै

शनिबार, कात्तिक २७ २०७८
विश्वभरका कार उत्पादकले विद्युतीय कार उत्पादनमा ५ खर्ब लगानी गर्दै

हालै गरिएको एक विश्लेषण अनुसार कार उत्पादकहरुले ५ खर्ब १५ अर्ब डलर अबको ५ देखि १० वर्षमा लगानी गर्ने भएका छन्।

काठमाडौं- विश्वभरका सवारी उत्पादक कम्पनीहरुले विद्युतीय सवारी तथा ब्याट्री उत्पादनमा ठूलो रकम लगानी गर्ने भएका छन्। कम्पनीहरुले २०३० सम्ममा ५ अर्ब १५ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रक्षेपण गरिएको रोयर्टसले लेखेको छ। 

कार उत्पादकहरुमा गरिएको सर्वेक्षण अनुसार आगामी १० वर्षभन्दा कम समयमा उनीहरुले ३ खर्ब डलर विद्युतीय कार उत्पादनका लागि खर्चने योजना बनाएका छन्। बाँकी २ खर्ब डलरभन्दा बढी रकम ब्याट्री उत्पादनमा लगानी हुनेछ। 

विश्वभर जीवास्म इन्धनबाट चल्ने सवारीको विकल्पको रुपमा विद्युतीय सवारीलाई लिइएको छ। त्यसैले संसारका सबैजसो सवारी उत्पादक कम्पनीहरु विद्युतीय सवारी उत्पादनमा केन्द्रित हुन थालेका छन्। 

हालै गरिएको एक विश्लेषण अनुसार कार उत्पादकहरुले ५ खर्ब १५ अर्ब डलर अबको ५ देखि १० वर्षमा लगानी गर्ने भएका छन्। ब्याट्रीमा आधारित विद्युतीय सवारीलाई प्रदूषण रहित सवारीको विकल्पको रुपमा हेरिएको छ। उद्यपी कयौं कम्पनीहरुले हाइड्रोजन फ्युलसेलको विकासमा समेत लगानी गरिरहेका छन्। 

सवारीको विद्युतीकरणमा शितयुद्ध नै चल्ने अवस्था आएको अटोफोरकास्ट सोलुसनका ग्लोबल पावरट्रेनका प्रमुख विश्लेषक ब्रियन म्याक्सिमले बताएका छन्। केही सवारी उत्पादकले विद्युतीय सवारी उत्पादनको परियोजना घोषणा गरिसकेका छन्। हालसम्म विद्युतीय सवारी उत्पादनको घोषणा नगर्नेले गर्नेको पछि लाग्नु पर्ने अवस्था आउने अनुमान गरिएको छ। 

गत जुनमा परामर्श फर्म एलिक्सपार्टनरले अटो उद्योगमा विद्युतीय उत्पादनका लागि २०२५ सम्ममा ३ खर्ब ३० अर्ब डलर लगानी हुने बताएको थियो। २०२० मा विश्वभर विद्युतीय सवारी उत्पादन, अनुसन्धान तथा विकासमा २ खर्ब २५ अर्ब डलर लगानी भएको एलिक्सपार्टनरले उल्लेख गरेको छ। 

पछिल्लो सयम सर्वाधिक चर्चामा रहेको अमेरिकी विद्युतीय कार उत्पादक टेस्ला इंकले अमेरिका पछि जर्मनीको बर्लिन र अस्टिनमा गिगाफ्याक्ट्री सञ्चालनमा ल्याउँदै छ। अहिले विद्युतीय कार उत्पादनमा टेस्लाले नेतृत्व लिइरहेको छ। 


प्रकाशित : शनिबार, कात्तिक २७ २०७८०६:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend