शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

जलविद्युतको सम्भावनाले हामीलाई पेट्रोलियम पदार्थको विस्थापन सहज छ : प्रधानमन्त्री देउवा

बुधबार, कात्तिक २४ २०७८
जलविद्युतको सम्भावनाले हामीलाई पेट्रोलियम पदार्थको विस्थापन सहज छ : प्रधानमन्त्री देउवा
फाइल तस्बिर

नेपाललाई पेट्रोलियम पदार्थको विस्थापन गर्न सहज छ, मुलुकमा जलविद्युत्को अपार सम्भावना छ। चुलो, गाडी, सवारीलगायतका साधन विद्युतीय बनाउन सक्छौँ।'

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले जलविद्युतको राम्रो सम्भावनाका कारण नेपाललाई पेट्रोलियम पदार्थको विस्थापन गर्न सहज रहेको बताएका छन्। 

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भ्रमणका दौरान विश्वमा नै पेट्रोलियम पदार्थको विस्थापनसम्बन्धी बहसबारे अवगत गराउँदै उनले भनेका छन्- 'नेपाललाई पेट्रोलियम पदार्थको विस्थापन गर्न सहज छ, मुलुकमा जलविद्युत्को अपार सम्भावना छ। चुलो, गाडी, सवारीलगायतका साधन विद्युतीय बनाउन सक्छौँ।'

कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय नेपाल जलवायु परिवर्तनको चपेटामा परेको उल्लेख गर्दै यसबाट सुरक्षित रहन र वातावरण सुधार गर्न सबै लाग्नुपर्नेमा जोड दिए।

ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप-२६) मा भाग लिएर देउवा गएको बिहीबार नेपाल फर्किएका हुन्। 

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले मुलुकमा जनताभन्दा ठूलो शक्ति अरू कोही नभएको उल्लेख गर्दै जनता नै देशको मालिक भएको बताए। 


प्रकाशित : बुधबार, कात्तिक २४ २०७८०७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend